चितवन / भरतपुर ६, गीतानगरको एक पसलमा आगलागी भएको छ । आज (बुधबार) बिहान सवा ६ बजे गीतानगरमा रहेको एन्जी बुटिक एण्ड कलेक्सनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवनका प्रहरी प्रवक्ता विजयराज पन्डितका अनुसार भरतपुर १३ गंगानगर बस्ने कमला शर्माले संचालन गरेको एन्जी बुटिक एण्ड कलेक्सनमा करेन्ट सर्ट भई आगलागी भएको हो ।
आगलागी भएको सूचना प्राप्त हुनासाथ उक्त स्थानमा ईलाका प्रहरी कार्यालय गीतानगरको टोली पुगेको थियो । प्रहरी, स्थानीय र दमकलको सहयोगमा करिब आधा घण्टामा आगो नियन्त्रणमा लिइएको प्रवक्ता पण्डितले जानकारी दिए । आगलागीमा क्षतिको यकिन विवरण आउन बाँकी रहेको बताइएको छ ।
यसअघि शहीदचोक नजिकै कमलनगरमा पनि विद्युत सर्ट भई ठूलो आगलागी भएको थियो । उक्त आगलागीमा व्यवसायीहरुले करोडौंको नोक्सानी व्यहोर्नु परेको थियो ।
एकाबिहानै गीतानगरको एक पसलमा आगलागी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
