२०८३ श्रावण ३०, शनिबार
August 15, 2026
२०८३ श्रावण ३०, शनिबार
August 15, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ठिमुरा पुल निर्माण : आठ वर्षमा ६० प्रतिशत, ठेकेदारको ढिलासुस्ती

प्रकाशित मिति : २०७९ माघ १९ गते
File Photo.

चितवन / ठिमुरा पुलको निर्माण कार्य आठ वर्षमा ६० प्रतिशत मात्रै भएको छ । सम्झौता अनुसार पुलको निर्माण कार्य तीन वर्षमा निर्माण सम्पन्न भइसक्नुपर्ने थियो ।
उक्त पुलमा ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण दुई पटकसम्म भत्किएको थियो भने तीन मजदुरको ज्यान समेत लिएको छ । त्रिशुली नदीमाथि बनेको चितवनको ठिमुरा र देवघाटको घिनाटार जोड्ने यो पुलको अन्तिम म्याद आगामी चैतमा सकिँदै छ । यद्यपी चैतमा पनि पुल निर्माण सम्पन्न हुने देखिदैन ।
सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर रमेशप्रसाद पौडेलका अनुसार चालु आर्थिक वर्ष २०७९÷८० भित्रै पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । २१ करोड ६८ लाख रुपैयाँमा पुल निर्माण गर्न इलाईट–एड्भेन्चर–इन्द्रेणी जेभीसँग २०७१ कात्तिकमा सम्झौता भएको थियो । दुई पटकसम्म पुल भत्किएर तीन मजदुरको ज्यान गएपछि गठित छानविन समितिले समयमै ‘प्रिस्टेस’ गर्न नसक्दा पुल भत्किएको प्रतिवेदन दिएको थियो ।
अहिले पुल निर्माणले राम्रो गति लिएको सडक डिभिजन प्रमुख पौडेल बताउँछन् । ‘यो पूल दुईपटक सम्म भत्कियो । यसपटक हामी गम्भिर भएर अध्ययन गरेर, प्रिजेन्टेसन गरेर विज्ञहरुको सरसल्लाह बमोजिम नै अहिले पुल बनिरहेको छ’, सडक डिभिजन प्रमुखले भने । दुई पटकसम्म भत्केको यो पुलको निर्माण कम्पनी करिब ७ करोड रुपैयाँ घाटा खाएर काम गरेको उनी बताउँछन् ।
आगामी असार मसान्तसम्म काम सक्ने आँकलन गरिएको उनले बताए । त्यसका लागि फेरि तीन महिना म्याद थप्नुपर्ने छ । ‘करिब ६० प्रतिशत काम बनेको छ, अब ४० प्रतिशतलाई धेरै समय लाग्दैन’, उनले भने, ‘ठेकेदारले ५० प्रतिशत अर्थात् करिब १२ करोड रुपैयाँ भुक्तानी लगिसकेको छ ।’ पुलमा ४ वटा स्पानमा आरसिसि हाल्नुपर्नेमा दुईवटामा भइसकेको र बाँकी दुईवटा बाँकी रहेको उनको भनाई छ ।
‘अब बाँकी एउटा ४० मिटरको आरसिसिको स्पान हाल्ने काम, अर्को ८० मिटरको स्टिलको ट्रस ब्रिज हाल्ने काम हो’, उनले भने, ‘एउटा आरसिसिको काम हुँदै छ, फागुनको एक÷दुई गते ढलान हुन्छ । त्यसको केबल तान्ने २८ दिनपछि हो, फागुन मसान्तसम्म आरसिसिको काम सकिन्छ ।’ स्टिलको ट्रस ब्रिजको काम मुख्य भएकाले कार्यतालिका अनुसार नै हुने उनले बताए ।
‘चैत्र मसान्तभित्र मेन स्टिल ब्रिजको काम सक्ने टार्गेट छ, त्यसपछि खोला बढेपनि माथीको डेक ढलान गर्न समस्या हुँदैन, टेका लगाउन पनि पर्दैन,’ उनले भने । पुल दुई सय मिटर लामो छ । डिजाइनअनुसार पुलका चार वटा स्पान हुन्छन् । कंक्रिटका ४०र४० मिटरका तीन वटा र स्टिलको एउटा ८० मिटरको स्पान रहन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.41
153.01
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
205.65
206.46
Swiss Franc
1
187.62
188.35
Australian Dollar
1
107.56
107.98
Canadian Dollar
1
109.33
109.76
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.60
22.69
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.29
37.44
South Korean Won
100
10.72
10.76
Swedish Kroner
1
15.95
16.01
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.05
498.00
Bahrain Dinar
1
404.24
405.84
Omani Rial
1
395.85
397.41