२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सहिद दिवसको सन्दर्भ

प्रकाशित मिति : २०७९ माघ १९ गते

माघ १६ अर्थात् सहिद दिवस । देश र जनताको हित र अधिकारका निम्ति जीवन आहुति दिने सहिदको स्मरण गर्दै देशभर सहिद दिवस मनाइएको छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरुमा आफ्नो ज्यानको बलिदान गर्ने महान् वीर सपूतहरुको सम्झनामा श्रद्धाका फूलहरु अर्पण गर्दै हरेक वर्ष यो दिवस मनाइँदै आइएको छ । विशेषगरी विसं २००७ सालको क्रान्तिबाट प्रजातन्त्र स्थापनापश्चात् मनाउन सुरू गरिएको सहिद दिवस माघ १० देखि १६ गतेसम्म सहिद सप्ताहका रुपमा मनाउने गरिएको छ । नेपालको इतिहासमा लखन थापालाई पहिलो सहिद मान्ने गरिएको छ । पल्टनका लाहुरे लखन थापालाई जंगबहादुर राणाविरुद्ध प्रचारबाजी गरेको आरोपमा विसं १९३३ सालमा गोरखाको मनकामना मन्दिरअगाडि रुखमा झुण्ड्याएर मारिएको इतिहास छ ।
विसं १९९७ मा क्रूर राणाविरोधी अभियानमा लाग्दा हत्या गरिएका महान् सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको सम्मान र स्मृतिमा यो दिवस मनाउने क्रम जारी छ । राणाशासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा शिक्षित एवम् जनमत सिर्जना गरेको आरोपमा तत्कालीन शासकले चार सहिदलाई मृत्युदण्डको सजाय दिएको थियो । तत्कालीन कठिन परिस्थितिमा ज्यानको आहुति दिने महान् सहिद र उनीहरुका परिवारले अझैसम्म उचित सम्मान भने पाउन सकिरहेका छैनन् । उसो त सहिदका मर्म, भावना र वेदनामाथि विभिन्न कालखण्डमा कुठारघात हुँदै पनि आएका छन् । सहिदहरु जसले आफ्नो देशको स्वतन्त्रता र रक्षाका लागि जीवनको बलिदानी दिए, त्यस्ता व्यक्तिहरुको भावना र आकांक्षालाई सदैव स्मरण गर्नुपर्छ । सहिदप्रति श्रद्धा र स्मरण गरिरहँदा पछिल्लो समय कसलाई सहिदको सम्मान गर्ने भन्नेमा पनि स्पष्ट मापदण्ड बन्न सकिरहेको छैन ।
देश र जनताका लागि भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएकाहरुका लागि सहिद दिवसमा मात्रै स्मरण गरिनु अन्याय हुनजान्छ । उनीहरुको स्मरण र योगदानको चर्चा–परिचर्चा गरेर सालिकमा फूल चढाएरमात्रै सच्चा सम्मान हुन सक्दैन । सहिदहरुको रातो रगतले लेखिएका हाम्रो गौरवमय इतिहासलाई दृष्टिगत गर्दै सहिदका परिवारहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारलगायतका अवसर प्रदान गरिनुपर्छ । यस्तै, सहिद स्मारक, सहिदका नाममा पुरस्कार, सहिद आवासगृह, सहिद स्मारिका र पुस्तकहरु प्रकाशनजस्ता कार्यहरु गरिनुपर्छ । देश र जनताको हकअधिकारका लागि ज्यानको आहुति दिनेहरुलाई उच्च सम्मान गरी उनीहरुका इच्छा, आकांक्षा र अधुरा सपनाहरुलाई पूरा गर्दै जान सकेमात्रै सहिदको सम्मान हुने देखिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39