चितवन / भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०७९/०८० को ६ महिनामा कर संकलनमा कमी आएसँगै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल असन्तुष्ट बन्नु भएको छ । बिहीबार भरतपुर महानगरपालिका सभाहलमा भएको आर्थिक वर्ष ०७९÷०८० सालको कर अभियानको उद्घाटन गर्दै मेयर दाहालले राजस्व संकलनमा देखिएको कमीप्रति चिन्ता पनि व्यक्त गर्नुभयो । भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्षको लागि रु १ अर्ब ५० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
तर, चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधीमा लक्ष्यको २७ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । महानगरपालिका हुनलाई न्युनतम रु १ अर्ब आन्तरिक आम्दान हुनुपर्ने कानुनी प्रवधान छ । महानगरपालिको आन्तरिक आम्दानी हेर्दा भरतपुरको विकास निर्माणका लागि केन्द्र र प्रदेश सरकारको भर पर्नुपर्ने अवस्था छ । महानगरपालिकाले आफ्नो आन्तरिक आम्दान कमी भएपनि केन्द्र र प्रदेश सरकारको सहयोगमा अर्बौका आयोजनाहरु सञ्चालन गर्दै आएको छ ।
महानगरपालिका प्रमुख दाहालले राजस्व संकलनको अवस्था हेर्दा न्युनतम रु १ अर्ब संकलन हुनेमा समेत आशंका व्यक्त गर्नुभयो । भरतपुरको राजस्व संकलनको अवस्था निकै टिठ लाग्दो रहेको बताउनुभयो । करको दायारलाई फराकिलो पार्दै अभियानलाई तीब्र रुपमा अगाडि बढाएर महानगरको लक्ष्य पुरा गर्न राजस्व महाशाखालाई निर्देशनसमेत दिनुभयो । कर अभियानलाई प्रभावकारी बनाउन आफ्नो तर्फबाट आवश्यक सहजीकरण गर्न तयार रहेको उल्लेख गर्नुभयो ।
भरतपुरको सबैभन्दा बढी कर उठ्ने घरवाहाल करलाई थप प्रभावकारी बनाईने उहाँको भनाई थियो । अघिल्लो आर्थिक वर्षमा मालपोत कार्यालय भरतपुरबाट रु ७७ करोड प्राप्त भएको थियो । भने चालु आर्थिकको ६ महिनामा करिब रु ७ करोड मात्र प्राप्त भएको छ ।
यसैबीच कर अभियान कार्यक्रममा राजस्व महाशाखा प्रमुख विसुराम कुँवरले आफनो घरको घरवाहल कर तिरेर अभियानको उद्घाटन गरिएको छ । घर बहाल करको रसिद महानगर प्रमुख दाहालले महाशाखा प्रमुख कुँवरलाई हस्तान्तरण गर्नुभएको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

महानगरको आव ०७९/०८० राजस्व संकलनमा गिरावट

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.24
152.84

European Euro
1
175.62
176.32

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.37
188.11

Australian Dollar
1
107.55
107.97

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.56
9.60

Chinese Yuan
1
22.58
22.67

Saudi Arabian Riyal
1
40.55
40.71

Qatari Riyal
1
41.76
41.92

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.45
41.62

Malaysian Ringgit
1
37.26
37.41

South Korean Won
100
10.75
10.80

Swedish Kroner
1
15.96
16.02

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.40
19.48

Kuwaity Dinar
1
495.49
497.45

Bahrain Dinar
1
403.79
405.38

Omani Rial
1
395.41
396.97













