चितवन / उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का सञ्चालक र निर्देशकहरुबीच परिचयात्मक एवम् भेटघाट कार्यक्रम सम्पन्न भएको छ । उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्टको अध्यक्षमा सम्पन्न कार्यक्रममा प्रहरी नायव उपनिरीक्षक रामकृष्ण सापकोटा प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि सापकोटाले राष्ट्रको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रले देशको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताउनु भयो । प्रमुख अतिथि सापकोटाले चितवनमा लामो समयदेखि स्थापना भई मिडियासँग सम्बन्धित विभिन्न माध्यमबाट समाज रुपान्तरणमा आफ्नो योगदान पु¥याउँदै आएको उज्यालो टाईम्स मिडियाले आगामि दिनमा अझ सशक्त रुपमा आफ्नो व्यवसायिक यात्रामा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि होटल व्यवसायी संघ चितवनका उपाध्यक्ष कृष्ण प्रसाद भट्ट, रोटरी क्लव अफ नारायणी मिट टाउनका प्रथम उपाध्यक्ष भुपेन्द्र श्रेष्ठले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्टले स्वागतसँगै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा प्रा.लि.द्वारा सञ्चालित उज्यालो टाईम्स डटकमको रिक्त रहेको निर्देशक पदमा युवा व्यवसायी एवम् समाजसेवी भरतपुर–३ निवासी राजकुमार श्रेष्ठलाई चयन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवम् विशिष्ट अतिथिले संयुक्त रुपमा श्रेष्ठलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।
उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रा.लि.का निर्देशक हरि बहादुर भुजेल, महिला उद्यमीहरु संगीता श्रेष्ठ, राधा शर्मा, लुना पाण्डे भट्ट, दिपा इभेन्टकी प्रबन्ध निर्देशक एवम् मोडल दिपा पाठक, बादल भट्ट, राजमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

उज्यालो टाइम्स मिडियाको परिचयात्मक एवम् भेटघाट

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.74
176.43

UK Pound Sterling
1
205.13
205.94

Swiss Franc
1
188.16
188.90

Australian Dollar
1
107.46
107.89

Canadian Dollar
1
109.06
109.49

Singapore Dollar
1
118.93
119.40

Japanese Yen
10
9.63
9.67

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.49
40.65

Qatari Riyal
1
41.74
41.90

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.39
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.80
10.84

Swedish Kroner
1
16.05
16.11

Danish Kroner
1
23.51
23.60

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45














