काठमाडौं / सरकारमा रहने कि नरहने टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आज (आइतबार) ११ बजे बस्ने भएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहको सट्टा भौतिक पुर्वाधार मन्त्रालय लिन नयाँ सन्देश पठाएपछि सो टुंगो लगाउन आज बैठक बस्न लागेको हो ।
यसअघि रास्वपाको शनिवार साँझ बसेको बैठक निष्कर्षहिन अवस्थामा पुगेको थियो । प्रधानमन्त्रीको नयाँ सन्देशसँगै रास्वपाले आजको बैठकवाट नयाँ निर्णय लिने अनुमान गरिएको छ ।
रास्वपालाई सत्ता साझेदार दलका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले गृहबाहेकको अरु कुनै मन्त्रालय लिन प्रस्ताव गरेका थिए । यस्तै रवि लामिछानेको विषयमा प्रश्न कायमै रहेकाले वैकल्पिक मन्त्रालयमा अन्य नेतालाई पठाउन पनि प्रस्ताव गरिएको स्रोतले बतायो ।
पछिल्लो समय सभापति लामिछानेले शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओली र शनिबार प्रचण्डसँग छलफल गरेका थिए । छलफलमा दुबै नेताले रविलाई आफै सरकारमा नजान प्रस्ताव गरेको र गृह बाहेकको मन्त्रालय लिन पनि भनिएको बताइएको छ । यसमा रविले पार्टीमा छलफल गरेर निर्णय लिने जवाफ फर्काएको बताइएको छ ।
तत्काल सरकारबाट बाहिरिनु भन्दा सरकारमै रहनु पार्टीका लागि पनि हितकर हुने आवाज पार्टीका बहुमत सदस्यको रहेकाले रविले सुरुमा आफू निकटकासँग आन्तरिक छलफल गरेका छन् । आन्तरिक छलफललगत्तै पार्टीको बैठकबाट यसबारे औपचारिक निर्णय गर्ने रास्वपाको तयारी छ । रास्वपाले शनिबार राति साढे ८ बजेपछि केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।
रास्वपाले यसअघि गृह मन्त्रालयनै चाहिने भन्दै त्यसका लागि दुई दिनको हल्टिमेटम दिएको थियो । जुन समय आजै सकिँदैछ । रास्वपाले आजको बैठकबाट गर्ने निर्णयलाई महत्वका साथ हेरिएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

रास्वपाको सरकारमा रहने कि नरहने टुंगो आज, गृह छोड्न प्रमको सन्देश

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.74
176.43

UK Pound Sterling
1
205.13
205.94

Swiss Franc
1
188.16
188.90

Australian Dollar
1
107.46
107.89

Canadian Dollar
1
109.06
109.49

Singapore Dollar
1
118.93
119.40

Japanese Yen
10
9.63
9.67

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.49
40.65

Qatari Riyal
1
41.74
41.90

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.39
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.80
10.84

Swedish Kroner
1
16.05
16.11

Danish Kroner
1
23.51
23.60

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45













