२०८३ श्रावण ३०, शनिबार
August 15, 2026
२०८३ श्रावण ३०, शनिबार
August 15, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ऐतिहासिक किल्ला कान्द्राङगढीको पुनःनिर्माणको लागि ५० लाख

प्रकाशित मिति : २०७९ माघ २६ गते

चितवन / चितवनको राप्ती नगरपालिका वडा नं. १३ मा अवस्थित ऐतिहासिक किल्ला कान्द्राङगढीको पुनःनिर्माण गरिने भएको छ । चितवन र धादिङको सीमा क्षेत्रमा पर्ने कान्द्राङगढीलाई पुरातत्व विभागले संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएको गढीको पुनःनिर्माण गर्न लागेको हो ।
विभागले गढीको विस्तृत अध्ययनपश्चात् पुनःनिर्माणका लागि रु ५० लाख बजेट विनियोजन गरेर ठेक्का आह्वान गरिसकेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार गढीमा पर्खाल निर्माण, मर्मत र उत्खननका काम हुनेछन् ।
त्यहाँ भएका संरचनालाई संरक्षण गर्दै व्यवस्थित गर्ने काम गरिने उहाँले बताउनुभयो । “गढीमा भग्नावशेष संरचना पुरानै आकारमा छन्, त्यसलाई जुन वस्तुशैलीमा छन् त्यस्तै बनाउँछौँ”, उहाँले भन्नुभयो । गढीमा निर्माण गरिने संरचना वस्तु शैलीमा ढुङ्गा र माटोको जोडाइको हुने अधिकृत लम्सालले बताउनुभयो ।
गढीको संरक्षणका लागि नगरपालिकाले सडक निर्माण र अन्य व्यवस्थापनका काम गर्ने उहाँले जानकारी दिनुभयो । “प्रारम्भिक कामका रुपमा जीर्णोद्धार हुन्छ”, उहाँले भन्नुभयो, “त्यसपछि आवश्यकताका आधारमा अन्य संरचना निर्माण गरिनेछ ।” ऐतिहासिक किल्ला भएका कारण यसको संरक्षणमा नगरपालिकाले प्राथमिकता दिएको उहाँको भनाइ छ । “पछिल्लो समय पनि जनप्रतिनिधिसहित स्थलगत रुपमा निरीक्षण ग¥यौँ, यहाँ पर्यटनको प्रचुर सम्भावना छ”, उहाँले भन्नुभयो ।
कान्द्राङगढीमा सेन कालीन समयमा निर्माण गएिको र त्यतिबेला राज्यको सुरक्षाका लागि बनाइएका संरचना छन् । लिखित रुपमा ऐतिहासिक तथ्य नभए पनि वस्तुशैली हेर्दा पृथ्वीनारायण शाहले विभिन्न राज्य आक्रमण गर्दा चितवन र मकवानपुर निस्कने नाकाका रुपमा यस गढीलाई प्रयोग गरेको स्थानीयवासी बताउँछन् । राप्ती–१३ का वडाध्यक्ष अशोककुमार प्रजाले कान्द्राङगढी संरक्षणको अभावमा जीर्ण बनेको भन्दै अब यसको संरक्षणमा जुटेको बताउनुभयो ।
“यो पुर्खाहरुले धेरै मेहनतका साथ निर्माण गरेको गढी हो, यसको महत्व भविष्यका सन्ततिका लागि झन् बढ्नेछ”, उहाँले भन्नुभयो । गढीको सुरक्षाका लागि प्रहरीचौकी स्थापना गर्नुपर्ने बताउँदै उहाँले त्यसका लागि पहल भइरहेको जानकारी दिनुभयो । “गढीको संरक्षण गर्दै यहाँ पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ”, उहाँले भन्नुभयो, “घुम्न आउनेलाई खाने बस्ने ठाउँको समेत व्यवस्था गर्ने योजना बनाएका छौँ ।” आगामी आर्थिक वर्षमा वडाले बजेट विनियोजन गरेर मन्दिरसमेत निर्माण गर्ने उहाँले जानकारी दिनुभयो ।
कान्द्राङगढी पूर्वपश्चि राजमार्गको भण्डाराबाट ४२ किलोमिटरको दूरीमा पर्छ । यस्तै धादिङको मलेखुबाट २२ किलोमिटरको यात्रापछि गढीसम्म पुग्न सकिन्छ । भण्डारा–मलेखु चेपाङ मार्गबाट एक किलोमिटरको दूरीमा कान्द्राङगढी पर्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.41
153.01
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
205.65
206.46
Swiss Franc
1
187.62
188.35
Australian Dollar
1
107.56
107.98
Canadian Dollar
1
109.33
109.76
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.60
22.69
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.29
37.44
South Korean Won
100
10.72
10.76
Swedish Kroner
1
15.95
16.01
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.05
498.00
Bahrain Dinar
1
404.24
405.84
Omani Rial
1
395.85
397.41