२०८३ श्रावण ३०, शनिबार
August 15, 2026
२०८३ श्रावण ३०, शनिबार
August 15, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा दूधको मूल्य बढाउन माग गर्दै ध्यानाकर्षण पत्र

प्रकाशित मिति : २०७९ माघ २८ गते

चितनव / चितवनका किसानहरुले जिल्ला प्रशासन कार्यालय चितवनमा ध्यानाकर्षण पत्र बुझाएका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आवद्ध कृषक तथा व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई शुक्रबार ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
किसानहरुले बुझाएको ध्यानाकर्षण पत्रमा पशु आहार तथा चोकरको मूल्य बृद्धि भएर पशुपालक कृषक पेसाबाट पलायन हुनुपर्ने अवस्था आएको भन्दै तत्काल लागतको आधारमा दूधको मूल्य बृद्धि गर्नुपर्ने माग राखेका छन् ।
पशु आहारमा भएको मूल्यबृद्धिले पशुपालक किसान पेसाबाटै पलायन हुने अवस्था आएको भन्दै तत्काल लागत अनुसारको मूल्य कायम गराउन प्रजिअ पौडेललाई दिइएको ध्यानाकर्षण पत्रमा माग गरिएको छ ।
चितवनमा दैनिक तीन लाख पचास हजार लिटर दूध उत्पादन हुने र उत्पादनको ४५ प्रतिशत जिल्लामै खपत हुने तथा बाँकी ५५ प्रतिशत काठमार्डौँ, भक्तपुर, ललितपुर, मकवानपुर, कास्कीलगायतका जिल्लामा निर्यात हुँदै आएको छ ।
लागतअनुसार दूधको मूल्य बृद्धि नहुँदा व्यवसायमा लागेका किसानहरु वैदेशिक रोजगारीमा जानु पर्ने अवस्था सिर्जना हुनसक्ने र यस्तो अवस्था आएमा अर्थतन्त्र थप नकरात्मकतातिर गई आयातीत दूधको उपभोग गर्न वाध्य हुनुपर्ने अवस्था आउनसक्ने भन्दै ज्ञापनपत्रमा सजग बनाइएको छ । संघले चितवन जिल्लालाई दूधमा आत्मनिर्भर जिल्ला घोषणा गर्ने ऐतिहासिक कार्य गरेको र पशुपालन तथा दुग्धजन्य व्यवसायबाट कसैले पनि पलायन हुन नपरोस् भनेर लागतअनुसार मूल्य बृद्धि हुनुपर्ने माग गरेको छ ।
साथै पशुआहारमा भएको अनियन्त्रित मूल्य वृद्धि नियन्त्रण गर्न पनि संघले अनुरोध गरेको छ । दैनिक उपभोग्य वस्तुमा १० देखि १५ प्रतिशत महँगी बढेको अवस्थामा पशुआहार तथा दानामा २० देखि ३० प्रतिशत महँगी बढेको हुनाले सोही अनुपातमा दूधको मूल्य बृद्धि गर्न माग गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.41
153.01
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
205.65
206.46
Swiss Franc
1
187.62
188.35
Australian Dollar
1
107.56
107.98
Canadian Dollar
1
109.33
109.76
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.60
22.69
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.29
37.44
South Korean Won
100
10.72
10.76
Swedish Kroner
1
15.95
16.01
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.05
498.00
Bahrain Dinar
1
404.24
405.84
Omani Rial
1
395.85
397.41