२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

गैंडाकोटका मेयरद्वारा चितवनका पत्रकारमाथि दुव्र्यवहार

प्रकाशित मिति : २०७९ फाल्गुन ३ गते
- ADVERTISEMENT -

चितवन / गैंडाकोट नगरपालिकामा ग्यालेक्सी फो के टेलिभिजनका चितवन संवाददाता हिरालाल आचार्य (डायमण्ड) माथि दुव्र्यवहार भएको छ । आचार्यलाई नगरपालिकाका मेयर मदनभक्त अधिकारीको कार्यकक्षमा दुव्र्यहार भएको हो ।
नेपाल पत्रकार महासंघ चितवन शाखाले घटनाको निन्दा गर्दै विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘फागुन २ गते नेपाल पत्रकार महासंघ चितवनका सदस्य तथा ग्लोक्सी फोर के टेलिभिजनका चितवन संवाददाता हिरालाल आचार्यलाई सूचना संकलनको क्रममा गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीबाट उहाँकै कार्यक्षमा दुव्र्यवहार भएको घटनामा महासंघ चितवन शाखा निन्दा व्यक्त गर्दछ ।’
‘स्वतन्त्रत रुपमा पत्रकारिता गर्ने वातावरण बनाउन र शान्ति सुरक्षाको प्रत्याभूतिका लागि हामी स्थानीय प्रशासनसँग माग गर्दछौं ।’ सम्पूर्ण पत्रकारको पेशागत सुरक्षा र भयरहित वातावरणमा काम गर्न पाउने संविधानप्रदत्त अधिकारको सुनिश्चितता गर्न महासंघले जोडदार माग गरेको छ ।

- ADVERTISEMENT -