March 15, 2025
- ADVERTISEMENT -

क्यान्टिन संचालिका महिला बेपत्ता, खोजीका लागि आग्रह

February 17, 2023
Photo : Halkaro

नवलपुर / गैँडाकोटबाट एक महिला बेपत्ता भएकी छिन् । नवलपरासीको सुनवल १ घर भई लामो समयदेखि गैँडाकोट नगरपालिका वडा नं. २ बस्दै आएकी ३६ वर्षिया सुमित्रा ज्ञवाली बेपत्ता भएकी छिन् ।
ज्ञवाली ३८ घन्टादेखि बेपत्ता भएको परिवार स्रोतले जनाएको छ । परिवारका अनुसार बुधवार बिहान साढे ५ बजे नमुना मावि अगाडिबाट हराएकी हुन् ।
उनका श्रीमान् अम्बिकाप्रसाद ज्ञवालीका अनुसार एकाबिहानै क्यान्टिन पुगेर खाजा तयार गरेपछि सुमित्रा डेरामा रहेका नानीबाबुलाई उठाउन भन्दै निस्केका हुन् ।
श्रीमतीको खोजी गर्ने क्रममा नमुना मावि अगाडिको मुल सडकमा सुमित्राको सल भेटिएको उनले बताए । सुमित्राका १५ वर्षीया छोरी र १३ वर्षका छोरा नमुना माविमा अध्ययनरत छन् ।
परिवारको सम्पर्कमा नआएपछि सबैलाई खोजी गरी दिन उनले आग्रह गरेका छन् । उनका श्रीमानले खोजी गरी दिन प्रहरीमा निवेदन दर्ता गराएका छन् ।
ईलाका प्रहरी कार्यालय गैंडाकोटले हराएकी सुमित्राको खोजी कार्य जारी रहेको बताएको छ ।

- ADVERTISEMENT -