२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सेन्ट्रल बोर्डिङका करिब ३ सय विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

प्रकाशित मिति : २०७९ फाल्गुन १७ गते

नारायणगढ / भरतपुर वडा नं. ३ स्थित सेन्ट्रल इङ्ग्लिस बोर्डिङ स्कुलका करिब ३०० जना विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । लायन्स क्लब अफ भरतपुर फ्रेण्ड्सको आयोजनामा उनीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको स्कुलका प्रिन्सिपल राजेश शर्माले जानकारी दिए ।
प्रिन्सिपल शर्माका अनुसार भरतपुरस्थित आशा अस्पतालको सहयोगमा बुधबार बोर्डिङका विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गराएको हो । उक्त स्वास्थ्य परीक्षणबाट करिब तीन सय विद्यार्थीले सेवा प्राप्त गरे ।
उनले विद्यार्थीको स्वास्थ्यमा ध्यान दिँदै विद्यालयमा कार्यक्रम आयोजना गरेर ठूलो गुन लगाएको भन्दै आयोजक क्लबलाई धन्यवाद व्यक्त गरे । ‘क्लबले विद्यार्थीको स्वास्थ्य परीक्षण गरेर अभिाभवकत्व दर्शाएको छ,’ उनले भने, ‘यसले विद्यालय र क्लबबीचको निकटता थप बढाएको छ ।’
क्लबको वार्षिक कार्यतालिकाअनुसार विद्यार्थीको स्वास्थ्य परीक्षण गराएको क्लबका अध्यक्ष सुमन श्रेष्ठले बताए । विद्यार्थीहरूमा समयसमयमा स्वास्थ्य परीक्षण गराइराख्नुपर्छ भन्ने सन्देश दिन पनि क्लबले विद्यालयमा कार्यक्रम गरेको उनको भनाइ छ । क्लबका भाइस डिस्ट्रिक्ट गभर्नर दिनानाथ न्यौपानेले बेलाबेलामा बालबालिकाको स्वास्थ्य परीक्षण गर्नु÷गराउनुले विद्यार्थी र विद्यालय दुवैलाई फाइदा पुग्ने धारणा राखे ।
विद्यालयमा अध्ययनरत करिब सात सय विद्यार्थीमध्ये प्ले ग्रुपदेखि कक्षा पाँचसम्मका करिब ३०० जना विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको विद्यलायका भाइस प्रिन्सिपल विष्णुबहादुर बस्नेत क्षेत्रीले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45