२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आफू बस्ने घरमा डोजर चलाइएपछि बिचल्लीमा जीतबहादुरको परिवार [with video]

प्रकाशित मिति : २०७९ फाल्गुन १८ गते
न्यायको लागि अपिल गर्दै टोल विकास संस्थामा जीतबहादुर तामाङ ।

चितवन / आफू बसिरहेको घरमा जिल्ला अदालतले मंगलबार डोजर चलाएपछि भरतपुर–१० सैनिक टोल विकास संस्थाका जीतबहादुर तामाङको परिवार घरवारविहीन भएका छन् । विगत ३० वर्षदेखि बस्दै आएको घर जग्गा अर्कैको नाममा भएको भन्दै अदालतले डोजर चलाएपछि तामाङको परिवार बिचल्लीमा परेका हुन् ।
स्वर्गीय विकु लामाको नाममा रहेको जग्गामा बस्दै आए पनि हरिप्रिया न्यौपानेले आफ्नो जग्गा तामाङ परिवारले अतिक्रमण गरेको भन्दै मुद्धा दायर गरेको थियो । उक्त मुद्धा न्यौपानेकै नाममा फैसला भएपछि तामाङ परिवारको घरमा मंगलबार डोजर चलाएको चितवन अदालतले जनाएको छ ।
तर, तामाङ परिवारले भने आफूहरूलाई गास, बास र कपासको व्यवस्था सरकारले नै मिलाइदिनुपर्ने भन्दै बुधबार टोल सुधार समितिसँग समेत हारगुहार गरेको थियो । हाल आफन्तको शरणमा रहेकी जीतबहादुरकी श्रीमती सर्किनी तामाङले आफू बसिरहेको घरमा एक्कासी डोजर ल्याएर घर भत्काइदिएको बताइन् ।
‘विगत ३० वर्षदेखि हामी बस्दै आएको ठाउँको घर भत्काएर ग्राभेल हालेर गयो,’ उनले भनिन्, ‘हामीलाई पूर्व सूचनासमेत नगरिकन घरबारविहीन बनाइयो ।’
टोलका स्थानीय पूर्णचन्द्र भण्डारीले पनि तामाङ परिवारमाथि अन्याय परेको बताए । टोल र स्वयम् घरपरिवारलाई कुनै जानकारी नै नदिई घर भत्काएर घर भएको स्थानमा ग्राभेलले पुरेर गएको उनको भनाइ छ ।
उक्त जग्गा विगत लामो समयदेखि विवादित बनेको थियो । अदालतले भने फैसला भएको मुद्दाको कार्यान्वयन गर्ने क्रममा अतिक्रमित संरचना हटाएको बताएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45