March 15, 2025
- ADVERTISEMENT -

प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्चद्वारा आदेश

March 4, 2023
File Photo

काठमाडौं / सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । अदालत प्रशासनले रिट निवेदन दर्ता नगर्ने निर्णय गरे पनि उक्त निर्णय बदर गर्दै सर्वोच्चले रिट निवेदन दर्ता गर्न आदेश दिएको हो ।
२०७६ माघ १ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीले प्रचण्डमाथि फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।
सर्वोच्च अदालत प्रशासनले राजनीतिक प्रकृतिको अभिव्यक्तिमा टेकेर पेश भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दरपीठ (दर्ता नहुने) आदेश गरेको थियो । दरपीठ आदेशविरुद्ध निवेदकहरु सर्वोच्च अदालतमा अर्को निवेदन दिएका थिए ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र हरि फूयालको इजलासले निवेदन दर्ता गर्न आदेश दिएको हो । उनीहरुले आइतबार निवेदन दर्ता गराउने योजना बनाएको स्रोतले जनाएको छ ।

- ADVERTISEMENT -