काठमाडौं / राष्ट्रपति निर्वाचन मतपरिणाम आज (शुक्रबार) राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरिने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष पेस गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
आयोगले माघ १६ गतेको निर्णय अनुसार, बिहीबार राष्ट्रपतिको निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको विज्ञप्तिमार्फत छ । निर्वाचनमा ३३ हजार ८ सय दुई मतभार प्राप्त गरी राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
अर्का उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरेका थिए । निर्वाचनमा ३ सय १३ संघीय सांसद र ५ सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।
राष्ट्रपति निर्वाचन : मतपरिणाम प्रतिवेदन आज पेश गर्ने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
