२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आठ वर्षपछि नेपाल तामाङ घेदुङ चितवनको अधिवेशन हुँदै

प्रकाशित मिति : २०७९ फाल्गुन २६ गते

चितवन / तामाङ समुदायको छाता संगठन नेपाल तामाङ घेदुङ जिल्ला शाखा चितवनले भोलि (फागुन २७ गते शनिबार) पाँचौ अधिवेशन गर्ने भएको छ । अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको घेदुङ जिल्ला शाखाका कार्यवाहक अध्यक्ष मैतसिंह घिसिङले जानकारी दिए ।
कार्यवाहक अध्यक्ष घिसिङका अनुसार घेदुङको अधिवेशन जिल्ला समन्वय समिति चितवनको हलमा हुनेछ । अधिवेशनका लागि घेदुङ वडा समिति, घेदुङ नगर समितिलगायत तामाङ बुद्धिजीवीहरु सबैलाई पत्राचार गरी सकिएको बताए ।
नेपाल तामाङ घेदुङ केन्द्र (संघीय) को परिपत्र अनुसार चैत मसान्तभित्र देशैभरिका जिल्ला शाखाले अधिवेशन गरी सक्नु पर्नेछ । यसअघि २०७१ सालमा घेदुङ चितवनको चौथो अधिवेशन सम्पन्न भएको थियो । जिल्ला शाखाको अधिवेशन प्रत्येक पाँच वर्षमा हुने भनिए पनि आठ वर्षपछि पूर्णता पाउँदैछ ।
२०७६ साल पुस २५ र २६ गते बागमती प्रदेशको उपाध्यक्ष पदमा जिल्लाका तत्कालीन अध्यक्ष गोपीलाल घलान निर्वाचित भएपछि सो पद रिक्त रहेको थियो । घिसिङका अनुसार तत्कालीन अध्यक्ष घलानले राजीनामा नदिएकै कारण करिब दुई वर्ष ३ महिना अध्यक्ष पद रिक्त हुन पुगेको हो ।
२०७८ साल चैतको ५ गते आधिकारिक रुपमा कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएको उनले बताए । पाँचौ अधिवेशनसम्म आइपुग्दा घिसिङले करिब ११ महिनाको मात्रै पदीय जिम्मेवारी पाएको हो ।
संस्थागत नियम अनुसार एकै व्यक्तिले दुई ठाउँमा पद ओगट्न नमिल्ने र जिल्लाबाट प्रदेशमा निर्वाचित भएको तेस्रो दिनमा राजीनामा दिनु पर्ने उनको भनाइ छ । व्यक्तिगत पदको लोलुपताकै कारण संस्थालाई क्षति पुगेको उनको बुझाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39