२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एकसय विद्यार्थीलाई इमेज इन्स्टिच्यूटको शैक्षिक सामग्री

प्रकाशित मिति : २०७९ फाल्गुन २७ गते

चितवन / चितवनको मुटु शहीदचोकमा स्थित इमेज इन्स्टिच्यूटले शैक्षिक सामग्री (डायरी, कलम) वितरण गरेको छ । इन्स्टिच्यूटले भरतपुर वडा नं. २६ मा रहेको आदर्श माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत एक सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
इन्स्टिच्यूटका प्रबन्ध निर्देशक मोहन बुढाथोकीका अनुसार उक्त विद्यालयमा कक्षा १२ का विद्यार्थीहरुको विदाई समारोहको अवसर पारेर मायाको चिनो स्वरुप शैक्षिक सामग्री दिइएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रवन्ध निर्देशक बुढाथोकीले आगामी बैशाखमा हुने परीक्षाको कडा महेनेत गरी उत्कृष्ट नतिजा ल्याउन विद्यार्थीहरुलाई सुझाव दिए । इमेजले समाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै सरकारी विद्यालयका विद्यार्थीहरुलाई सहयोग उपलब्ध गरेको उनको भनाइ थियो ।
इमेजले यसअघि सोही विद्यालयका एकसय बढी विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको थियो । विगत १८ वर्षदेखि निरन्तर सञ्चालित इन्स्टिच्यूट चितवनको पुरानो तथा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई जापान पठाउँदै आएको छ ।
हालसम्म इन्स्टिच्यूटको ४ वटा शाखाहरु बिस्तार भइसकेका छन् । जसअन्तर्गत शाखा कार्यालयहरु चनौली, मेघौली, माडी र गोरखाको हरमटारीमा रहेका छन् ।
कार्यक्रममा इमेज इन्स्टिच्यूटका निर्देशक सुजिना बुढाथोकी, म्यानेजर कपिल बुढाथोकी, इमेजका चनौली शाखा प्रमुख केशव सापकोटा र इमेज परिवारका सदस्य रविना महतो लगायतको उपस्थिति थियो । विद्यालयका प्रधानाध्यापक मित्रबन्धु चापाँगाइको अध्यक्षता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45