चितवन / नेपाल दरै उत्थान समाज चितवनको सातौ जिल्ला अधिवेशनले रेशम दराईलाई अध्यक्षमा निर्वाचित गरेको छ । दराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको मंगलराज दरै उपाध्यक्षमा, बाबुराम दरै सचिवमा,सुजता दरै कोषाध्यक्षमा, अनिल दरै सहसचिवमा चयन भएका हुन् । यस्तै सदस्यहरुमा सम्झना दरै, अप्सरा दरै, गुञ्जबहादुर दरै, प्रेमलाल दरै, हरि शरण दरै, राजकुमार दरै छानिएका छन् ।

यसैबीच समाजले सांस्कृतिक भेषभुषा सहितको सातौ जिल्ला अधिवेशन विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान गरेको गरेको छ । विभिन्न विधाका ४ जनालाई सम्मान तथा गायन, नृत्य, मोडल तथा साहित्य र पत्रकार गरी ३४ जनालाई सम्मान गरिएको हो ।
दरै समुदायको एक मात्र कृषि बैज्ञानिक डा राजेन्द्र दराई, चितवनको दरै समुदायबाट पहिलो पटक वडा अध्यक्षमा निर्वाचित खैरहनी नगरपालिका ११ का वडा अध्यक्ष दिपेन्द्र दराई, जेष्ठ नागरीक ८२ बर्षिय सरस्वती दरै,७८ बर्षिय जोगीमाया दरैलाई दोसल्ला र कदर पत्रले सम्मान गरिएको हो ।
यस्तै गायनतर्फ बाबुरा दराई, गुन्जबहादुर दराई, आशा दराई, सम्झना दराई एरिक दराई, लोक दरै सम्मानित भएका छन् । यस्तै साहित्य तर्फ सुरेश दराई देउवालाई प्रशंसा पत्र प्रर्दान गरीएको छ । मोडल विधा तर्फ विजय दरै र मनिसा दरै, ललिता दरै, नृत्य तर्फ स्मृति दराई सुदिप ,सलिन दराई, अदिप्ती दराईलाई पं्रशसा पत्र प्रदान गरिएको छ ।
यता पत्रकारीतातर्फ सविता दराई, सन्तकुमार चौधरी र सहयोगी नगर गाउ इकाई र व्यक्तिलाई प्रशंसा पत्रले सम्मान गरिएको हो ।
- ADVERTISEMENT -



















































