२०८३ श्रावण २५, सोमबार
August 10, 2026
२०८३ श्रावण २५, सोमबार
August 10, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राष्ट्रपति रामचन्द्र पौडेलको शपथ आज

प्रकाशित मिति : २०७९ फाल्गुन २९ गते
File photo.

काठमाडौं / नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज (सोमबार) पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानून बमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुरुप नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने भएका हुन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । उनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरी निर्वाचित भएका हुन् ।
मतदानमा पौडेलले ३३ हजार ८०२ र नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरेका थिए । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार, राष्ट्रपति विद्यादेवी भण्डारीलाई आइतबार औपचारिक रूपमा बिदाइ गरिएको छ । उनी पनि सोमबार शीतल निवासबाट आफ्नो निवासमा सर्नेछिन् ।

 

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.74
176.43
UK Pound Sterling
1
205.13
205.94
Swiss Franc
1
188.16
188.90
Australian Dollar
1
107.46
107.89
Canadian Dollar
1
109.06
109.49
Singapore Dollar
1
118.93
119.40
Japanese Yen
10
9.63
9.67
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.49
40.65
Qatari Riyal
1
41.74
41.90
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.39
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.80
10.84
Swedish Kroner
1
16.05
16.11
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45