March 15, 2025
- ADVERTISEMENT -

एमालेका सुवासचन्द्र नेम्वाङ संसदीय दलको उपनेता

March 13, 2023
file photo

काठमाडौं / नेकपा एमालेले संसदीय दलको उपनेतामा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ मनोनीत भएका छन् । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई दलको उपनेता पदमा चयन गरेका हुन् ।
यसअघि नेम्वाङ फागुन २५ मा भएको राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार रहेका थिए । सो निर्वाचनमा रामचन्द्र पौडेलसँग पराजित भएका उनलाई ओलीले लगत्तै उपनेतामा मनोनीत गरेका हुन् ।
ओलीद्वारा हस्ताक्षरित नियुक्ति पत्रमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा, तपाईँलाई नेकपा एमाले संघीय संसदीय दलको उपनेतामा मनोनयन गरेको छु । तदनुरूप यस पदको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

- ADVERTISEMENT -