२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

शहीद स्मृतिमा अखिल संयुक्तका प्यानलै विजयी

प्रकाशित मिति : २०७९ चैत्र ६ गते
- ADVERTISEMENT -

चितवन / पुर्बी चितवनको शहीद स्मृति बहुमुखी क्याम्पस, रत्ननगरमा नेपाल विद्यार्थी संघलाई पराजित गर्दै अखिल संयुक्तका राजेन्द्र सापकोटा निर्वाचित भएका छन् ।
मतगणना अनुसार ४५१ मत प्राप्त गर्दै सापकोटा सभापतिमा निर्वाचित भएका हुन् । नेपाल विद्यार्थी संघका मनिष सुवेदीलाई १३० मतान्तरले पराजित गर्दै स्ववियू सभापति बनेका हुन् । सापकोटासंग पराजित सुवेदीले ३२१ मत मात्रै प्राप्त गरे ।
यस्तै सचिवमा अखिल संयुक्त प्यानलकी मोनिका सिलवाल ४३६ मत प्राप्त गर्दै निर्वाचित भएकी छन । पानस तामाङ (पारस लामा) ४१९ मत प्राप्त गर्दै कोषध्यक्षमा निर्वाचित भएका छन् । सदस्यहरुमा अनिता भण्डारी ४४३, चिरञ्जीवी ढुङ्गाना ४५१, नितिन बस्नेत ४३९, विमला अधिकारी ४०१, विष्णु प्रसाद बगाले ४११, सबिना श्रेष्ठ ३८१ र सुरक्षा गुरुङले ३८३ मत प्राप्त गर्दै निर्वाचित भए ।
आइतवार सम्पन्न मतदानबाट कुल ७ सय ८१ अर्थत ६१ दशमलब २५ प्रतिशत मत खसेको थियो । समानुमातिक तर्फ ७ सय ७७ मत खसेको थियो ।

- ADVERTISEMENT -