September 18, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन राष्ट्रिय निकुञ्जको संरक्षणमा ५० वर्ष

March 21, 2023

–कोमलचन्द्र भगत
प्राकृतिक सौन्दर्यताले भरिपूर्ण विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज नेपालको मध्यभागमा पर्दछ । वन, वन्यजन्तु, जैविक विविधता संरक्षणको सुरूवातसँगै पहिलो संरक्षित क्षेत्रको रूपमा विसं २०३० सालमा स्थापना भएको चितवन राष्ट्रिय निकुञ्ज हाल ९५२।६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । विगत ४ दशकदेखि यस निकुञ्जले यस क्षेत्रको जैविक विविधता संरक्षण अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । वन्यजन्तुलगायतका जैविक विविधताको क्षेत्रमा काम गर्नेमात्र नभई अध्ययन अनुसन्धान गर्नेहरुका लागि पनि यो निकुञ्ज एउटा खुल्ला विश्वविद्यालयको रूपमा स्थापित भएको छ । विश्वमै दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, जङ्गली हात्ती, गौरीगाई, घडियाल गोही, अर्नाका साथै चितुवा, जरायो, चित्तल, लगुना, भालु, लँगुरबाँदर, कछुवा, विभिन्न गिद्ध प्रजाति, धनेशलगायतका अन्य वन्यजन्तुहरु र पक्षीहरु चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रमा संरक्षित छन् । यो निकुञ्ज चारवटा जिल्ला ९चितवन, मकवानपुर पर्सा र नवलपरासी ९बर्दघाट सुस्तापूर्व० मा फैलिएको छ । निकुञ्जको ७४ प्रतिशत भूभाग चितवन जिल्लामा र बाँकी २६ प्रतिशत भूभाग पर्सा, मकवानपुर र नवलपरासी ९बर्दघाट सुस्तापूर्व० मा रहेको छ । यस निकुञ्जले भित्री मधेश र चुरेको पारिस्थितिकीय प्रणालीको प्रतिनिधित्वसमेत गर्दछ । नेपालको कान्छो पहाडको रूपमा चिनिने कमजोर चुरे क्षेत्रको संरक्षणमा यस निकुञ्जले महŒवपूर्ण भूमिका निर्वाह गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ एकसिंगे गैँडा र पाटेबाघको उत्कृष्ट बासस्थान पनि हो । तर, यहाँ ६८ प्रजातिका स्तनधारी, ५४४ पक्षी, ४९ प्रजातिका घस्रने उभयचर र १२० प्रजातिका माछा पाइन्छन् । ८० प्रतिशतभन्दा बढी सालको वनका अतिरिक्त मिश्रित वन, घाँसेमैदान र नदी तटीय वन तथा वनस्पतिको जङ्गल रहेको चितवन राष्ट्रिय निकुञ्ज जैविक विविधताले भरिपूर्ण रहेको छ । विश्वमा दुर्लभ एकसिंगे गैँडाको दोस्रो ठूलो बासस्थान रहेको चितवन राष्ट्रिय निकुञ्ज पाटेबाघको पनि प्रमुख बासस्थान हो । सन २०१८ मा गरिएको गणनाअनुसार नेपालमा २३५ वटा वयस्क पाटेबाघ रहेकोमा सन् २०२२ मा गरिएको गणनामा नेपालमा बाघको संख्या बढेर ३५५ पुगेको छ । त्यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्र ९३ वटा रहेकोमा अहिले ३५ वटा बढेर १२८ वटा वयस्क पाटेबाघ रहेको छ ।
चितवनको कसरामा मुख्य कार्यालय रहेको चितवन राष्ट्रिय निकुञ्जमा विभिन्न स्थानमा ४ वटा सेक्टर रहेका छन् । ४ वटा सेक्टरमध्ये चितवन जिल्लाको पूर्वी क्षेत्रमा रहेको सौराहा सेक्टर पर्यटक प्रवेश गर्ने नेपालकै तेस्रो पर्यटकीय द्वारको रुपमा समेत चिनिएको छ । निकुञ्जको प्रमुख आम्दानीको स्रोत भनेकै पूुर्वी सेक्टर सौराहाबाट निकुञ्ज भ्रमणका लागि प्रवेश गर्ने पर्यटकहरुले तिर्ने गरेको प्रवेश शुल्क हो ।
सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्रको परिसरमा रहेको वन्यजन्तु अखेटोपहार प्रदर्शनी तथा सूचना केन्द्रबाट पर्यटकले वन्यजन्तुसम्बन्धी विभिन्न जानकारीहरु पाउने गर्दछन् । यस्तै, पर्यटकलाई आकर्षित गर्न वन्यजन्तु दृश्यावलोकनका लागि विभिन्न स्थानमा हात्ती सफारी, जीप सफारी, पैदल यात्रा, डुङ्गाबाट जलविहारजस्ता सेवाहरु सञ्चालन गरिएको छ भने निकुञ्ज क्षेत्रको विभिन्न स्थानमा पर्या–पर्यटन पूर्वाधारका रूपमा मचान निर्माणसमेत गरी सोबाट पर्यटकहरुलाई निकुञ्जको दृश्यावलोकन गराइएको छ ।
निकुञ्जभित्र अवस्थित बिसहजारी ताल रामसार साइटमा सूचीकृत भएको छ । यो ताल चितवनको सदरमुकाम भरतपुरबाट ६ किलोमिटर दक्षिणमा चितवन राष्ट्रिय निकुञ्जभित्र पर्दछ । यो ताललाई सन् २००३ को अगस्तमा रामसार साइटमा सूचीकृत गरिएको थियो ।
बिसहजारी ताल समुद्री सतहबाट २८६ मिटरको उचाइमा अवस्थित छ । यो तालले ३,२०० हेक्टर क्षेत्रफल ओगटेको छ । निकुञ्जभित्र साना र ठूलागरी अन्य थुप्रै तालतलैया तथा सीमसार क्षेत्र छन् । वन्यजन्तुहरुको बासस्थानको अभिन्न अङ्गको रूपमा रहेका तातलैयाहरुले वन्यजन्तु र चराचुरुङ्गीहरुलाई पानी पिउन र आहाल खेल्न निकै सहज पुगेको छ ।
विसं २०५२ सालदेखि परिचयमा आएको यो ताल वरपर २६ प्रजातिका वन्जयन्तु, २७३ प्रजातिका चरा, २५ प्रजातिका माछा र १३१ प्रजातिका बोटबिरुवा पाइन्छन् । यस ताल र ताल वरपरको रमणीय दृष्य, वन्यजन्तु, चराचुरुङ्गी, जैविक विविधताको अध्ययन तथा अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् ।
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र नारायणी, राप्ती र रिउगरी ३ वटा मुख्य नदीहरु छन् भने विश्व रामसार साइटमा सूचीकृत बिसहजारी ताललगायत ४० भन्दा बढी ताल र घोलहरु छन् । यिनै ताल र घोलहरु वन्यजन्तुको क्रिडास्थल र निकुञ्जको वातावरणीय सन्तुलनका लागि उपयोगी साबित भएका छन् । तर, पछिल्ला वर्षमा सिल्टेसन र जलकुम्भी झारले तालहरुलाई पुर्दै लगेकाले वन्यजन्तुलाई खानेपानीको अभाव महसुसगरी निकुञ्जले चार दर्जनभन्दा बढी पोखरीको निर्माण गरेको छ । यसले वन्यजन्तुलाई आहाल खेल्नका साथै पानी पिउन सहज हुनेछ ।
त्यसैगरी घाँसेमैदान क्षेत्रमा रुखहरुलाई हुर्कन नदिने वनमारा झार, माइकेनियालाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता पनि निकुञ्जलाई छ । निकुञ्ज स्थापनाका बेला कुल क्षेत्रफलको करिब २० प्रतिशत भूभागमा फैलिएको घाँसे मैदान उचित व्यवस्थापन नहुँदा क्षेत्रफल घट्दै गएपछि जनावरलाई निकुञ्जभित्रै बस्ने वातावरण सृजना गर्न घाँसे मैदान क्षेत्रको व्यवस्थापन गर्न पहल गरिएको छ । निकुञ्ज क्षेत्रमा रहेका फाँटाहरुमा बढ्दै गएका खडाइ, झाडी, बुट्यानका साथै केही प्रजातिका रुखहरु काट्न तथा जरैदेखि उखेली घाँसेमैदानको व्यवस्थापन गर्ने काम हाल मानिसबाट गरिँदै आइएकोमा आगामी दिनमा ती कामको लागि मेकानिकल उपकरणहरु ल्याउन लागिएको छ । निकुञ्जका अनुसार निकट भविष्यमा नै विज्ञहरु खटाई घाँसका प्रजातिहरुबारेमा अध्ययन अनुसन्धानसमेत गरिनेछ । निकुञ्जले सन्तुलित इकोसिस्टम प्रणाली कायम गर्न लोपोन्मुन्ख वन्यजन्तुहरुको संरक्षण कार्यलाई पनि अघि बढाएको छ । जनसंख्या वृद्धिसँगै बढ्दै गएको मानवीय चाप तथा सहरीकरणका कारण संकटमा परेको घडियाल गोहीको संरक्षणका लागि विसं २०३५ सालमा निकुञ्जको मुख्य कार्यालय रहेको कसरामा घडियाल गोही संरक्षण तथा प्रजनन केन्द्रको स्थापना गरी संरक्षण र प्रजननको काम भैरहेको छ । पछिल्लो समय निकुञ्ज आसपासका नदीहरुमा प्रदूषण बढ्न गई गोही मासिन थालेपछि नदीहरुमा गोही नघटोस् भन्ने उद्देश्यले घडियाल संरक्षण तथा प्रजनन केन्द्रबाट प्रत्येक वर्ष राप्ती तथा नारायणी नदीमा घडियाल गोही छोडिने गरिएको छ । त्यस्तै, चितवन राष्ट्रिय निकुञ्जमा चराहरुको संख्यामा वृद्धि भएको छ । हिउँदमा जाडो छल्न साइबेरियादेखि चितवन राष्ट्रिय निकुञ्ज तथा यसका आसपासका सामुदायिक वन तथा सिमसार क्षेत्रमा चराहरु आउने गर्दछन् भने चैतदेखि गर्मीयाम सुुरू भएसँगै भारत, श्रीलंका तथा दक्षिणपूर्वी एसियाली देशहरुबाट बच्चा कोरल्नको लागि चराहरु चितवन राष्ट्रिय निकुञ्जको विभिन्न स्थानमा आउने गरेको चरा विशेषज्ञहरु बताउँछन् । प्रकृतिको कुचीकारको रुपमा रहेको गिद्धको भयावह विनाश भएपछि चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय रहेको कसरामा गिद्ध संरक्षण तथा प्रजननको केन्द्रसमेत विसं २०६२ सालमा स्थापना गरी संरक्षणका साथै प्रजननको काम गरिएको छ । त्यसैगरी कछुवाको संरक्षणलाई पनि अघि बढाइएको छ ।
पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जले दुर्लभ वन्यजन्तु स्थानान्तरण गर्दै आएको छ । विभिन्न समयमा चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा १०० वटा गैँडाहरु स्थानान्तरण गरिसकिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडाको संख्या वृद्धि गर्नका लागि गैँडाको स्थानान्तरण गरिएको हो । त्यस्तै विसं २०७३ सालमा कोशीटप्पु वन्यजन्तु आरक्षबाटसमेत चितवन राष्ट्रिय निकुञ्जमा १५ वटा अर्ना स्थानान्तरण गरी ल्याइएको थियो भने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ७ वटा बाह्रसिंगा स्थानान्तरण गरी ल्याइएको थियो । निकुञ्जको एक स्थानमा मात्र वन्यजन्तुको प्रजाति भएबाट विभिन्न कारणबाट वन्यजन्तुहरुको संख्या घटी संकटमा पुग्नसक्ने अवस्थालाई मध्यनजरगरी त्यस्ता दुर्लभ वन्यजन्तुहरु संरक्षण व्यवस्थापन गर्न एउटा राष्ट्रिय निकुञ्जबाट अर्को राष्ट्रिय निकुञ्जमा वन्यजन्तुहरु स्थानान्तरण गरिएको निकुञ्जले जनाएको छ ।
यसैगरी २०७२ सालको वर्षायाममा आएको बाढीले बगाएर भारत तथा नेपालको विभिन्न ठाउँमा पु¥याएको ११ वटा गैँडाहरु निकुञ्जले उद्धार गरेर ल्याई निकुञ्जको क्षेत्रमा नै छाड्न सफल भएको छ । चितवन राष्ट्रिय निकुञ्जकै कारणले गर्दा पूर्वी क्षेत्र सौराहादेखि पश्चिमी क्षेत्र गोलाघाट मेघौली तथा अमलटारी क्षेत्रसम्म पर्या–पर्यटन व्यवसाय ९होटेल, होमस्टे, नेचर गाइड, हात्ती सफारी, जिप सफारीआदि० को विस्तार भएको छ । पर्यटकहरुलाई विभिन्न प्रकारका स्वादिष्ट खाना, आरामदायी बसोवासका लागि यहाँका होटलहरुले प्रदान गर्ने सेवा–सुविधाका कारण पर्यटकहरुको बसाइँसमेत लम्बिने गरेको छ । पर्यटकको आकर्षणको रूपमा रहेको हात्ती सफारीबाट सुरक्षित साथ वन्यजन्तुको अवलोकन गर्न तथा निकुञ्जभित्रको संरक्षण व्यवस्थापनको लागि हात्तीको महŒवपूर्ण भूमिका रहने गरेको छ । सौराहाकोे खोरसोरमा रहेको हात्ती प्रजनन केन्द्र अहिले व्यवस्थितरूपमा सञ्चालन गरिएको छ । गर्भिणी, सुत्केरी, बच्चाको स्याहार सुसारका साथै हुर्केका बच्चाको तालिमगरी हात्तीलाई प्रयोग गर्ने अवस्थामा ल्याउने यस केन्द्रको मुख्य उद्देश्य रहेको छ । जुनसुकै वन्यजन्तुको बच्चा मायालाग्दो, हेर्न रमाइलो र शिक्षामूलकका साथै अनुसन्धान गर्न सहज पनि हुने भएकोले यो केन्द्र पर्यटकीय स्थलको रूपमा विकास हुँदै गएको छ । हाल निकुञ्जको विभिन्न क्षेत्रमा ५६ वटा निकुञ्जले व्यवस्थापन गरेका हात्तीहरु रहेका छन् ।
घनाजङ्गल, चर्को तापक्रम, वर्षामा बाढी र जङ्गली जनावरको डरका बाबजुत पनि नेपाली सेना र निकुञ्जका कर्मचारीहरुले दिनरात झरी–बादल केही नभनी चुनौतीको सामना गर्दै अहोरात्र खटेर निकुञ्ज तथा यसको मध्यवर्ती क्षेत्रको संरक्षण व्यवस्थापनको जिम्मेवारी पूरा गरेका छन् । निकुञ्ज र निकुञ्जभित्र रहेका जनावरको सुरक्षामा कुनै हानि हुन नदिन ठाउँ, समय र परिस्थितिअनुसार नेपाली सेना र निकुञ्जका कर्मचारीहरुले पैदल, हात्ती, साइकल, डुङ्गा, मोटरबोट र गाडीबाट गस्ती गरेर वन्यजन्तु तथा वन पैदावरको संरक्षण व्यवस्थापन गरिरहेका छन् । निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तुको चोरीसिकारी निकुञ्जको मुख्य समस्या हो । सुरक्षा र संरक्षणका लागि आधुनिक प्रविधिको उपयोग समयानुकुल गर्नुपर्ने आवश्यकतासँगै चोरीसिकारी नियन्त्रणका लागि निकुञ्जले छुट्टै युनिट पनि गठन गरेको छ । चोरीसिकारी, वन्यजन्तुहरुबीच एकआपसमा हुने द्वन्द्ध र कहिलेकाहीँ मानिसले आक्रोश र असावधानीमा गर्ने कारबाहीले वन्यजन्तु घाइते बन्न पुग्छन् । यस्ता वन्यजन्तुलाई नियन्त्रणमा लिने र उपचार गर्ने काम निकै खतरा हुने राष्ट्रिय प्रकृति कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका प्रमुख डा। बाबुराम लामिछाने बताउँछन् ।
चितवन राष्ट्रिय निकुञ्जले घरपालुवा हात्तीका लागि साङ्लाले बाँधेर राख्ने प्रविधिलाई क्रमशः हटाउँदै लाने र हात्तीको स्वास्थ्यमा ध्यान दिँदै कोरल सोलार फेन्सको सुरूवात गरेको छ । चितवन राष्ट्रिय निकुञ्जले संरक्षण अभियान र निकुञ्ज भ्रमण गर्ने पर्यटकहरुको सजिलोका लागि निकुञ्जभित्रका मुख्य सडक विस्तार र स्तरोन्नतिको काम पनि गरेको छ । निकुञ्ज क्षेत्रभित्रको यिनै सडकमा पर्ने पुल–पुलेसाको मर्मत–सम्भार पनि नियमितरूपमा गर्ने गरिएको छ । यसका साथै पर्यटकहरुलाई वन्यजन्तुहरुको दृश्यावलोकन लागि निकुञ्जभित्रको सडक र आसपासका मध्यवर्ती सामुदायिक वनहरुमा भ्यू टावरहरु र पर्यटकलाई आराम गर्न विश्रामस्थलहरु बनाइएको छ ।
त्यस्तै, चितवन राष्ट्रिय निकुञ्ज आसपासका सामुदायिक वनहरुमा पनि आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढ्न थालेको छ । सामुदायिक वनले पर्यटकहरुलाई जिप सफारी, हात्ती सफारी, डुङ्गा सफारी तथा पैदलयात्रामार्फत जङ्गल घुमाउन थालेपछि जङ्गल सफारीतर्फ पर्यटकहरुको आकर्षण बढेको हो । सौराहामा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वन, कुमरोज मध्यवर्ती सामुदायिक वन यसको ज्वलन्त उदाहरण हुन् । बाघमारा मध्यवर्ती सामुदायिक वन पर्या–पर्यटनबाट सबैभन्दा धेरै आयआर्जन गर्ने संसारकै एकमात्र धनी सामुदायिक वनको रूपमा समेत परिचित रहेको छ । स्थानीय समुदायको सक्रिय सहभागिताविना संरक्षण अभियान अधुरो हुन्छ । यसैले संरक्षण अभियानलाई पूर्ण र प्रभावकारी बनाउन चितवन राष्ट्रिय निकुञ्जको वरिपरिको बस्ती तथा जङ्गललाई समेटेर ७२८।३७ वर्ग किलोमिटर क्षेत्रफलसहित मध्यवर्ती क्षेत्र घोषणागरी कार्यान्वयन गरिएको छ । मध्यवर्ती क्षेत्रमा २१ वटा उपभोक्ता समिति र एउटा उपसमितिमा हाल करिब ५७, ७०७ घरधुरी रहेको छन् भने २,७३, ९७७ भन्दा बढीको संख्यामा स्थानीय बासिन्दा आवद्ध छन् ।
चोरीसिकारी नियन्त्रण र वन्यजन्तु संरक्षणका लागि समुदायमा आधारित चोरीसिकार नियन्त्रण युवा जागरण अभियान समूहअन्तर्गत युवाहरु संगठितरूपमा सक्रिय छन् । संगठित युवाहरुले संरक्षण र पर्यटन विकासमा पु¥याएको भूमिका अतुलनीय रहेको छ । सबै क्षेत्रको संयुक्त प्रयासबाट भएको संरक्षणका कारण चितवन राष्ट्रिय निकुञ्जले धेरैपटक शून्य चोरीसिकारी वर्ष मनाउनसमेत सफल भएको छ ।
त्यसैगरी मध्यवर्ती क्षेत्रमा रहेका मध्यवर्ती सामुदायिक वनका साथै विद्यालयहरुमा जैविक विविधता संरक्षणको लागि गठन गरिएका इको क्लबलाई पनि संगठित र सक्रिय बनाइएको छ । स्थानीय समुदायसँग समन्वय गर्दै काम गर्ने चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु र जैविक विविधता संरक्षणका लागि आफ्ना कर्मचारीहरुको क्षमता विकाससम्बन्धी तालिम पनि सञ्चालन गर्दै आएको छ । चितवन राष्ट्रिय निकुञ्ज वरिपरिका प्रत्यक्ष प्रभावित ७२८।३७ वर्ग किलोमिटर क्षेत्रफललाई समेटर घोषणा गरिएको मध्यवर्ती क्षेत्रमार्फत निकुञ्जले आम्दानी गरेको रकमबाट संरक्षणमा सघाउ पुग्नेगरी संरक्षण र विकाससँग सम्बन्धित जनउपयोगी कार्यक्रम ९सामुदायिक विकास, संरक्षण, आयआर्जन तथा सीप विकास, संरक्षण शिक्षा, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण आदि० सञ्चालन गरिएका छन् । मध्यवर्ती क्षेत्रको स्थापना भई मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको गठन पछि स्थानीयवासीले जैविक विविधता संरक्षणको महŒवको बारेमा राम्रो जानकारी राखेका छन् भने निकुञ्जसँग सहकार्यगरी मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरणका कामहरुमा लागिपरेका छन् ।
निकुञ्जको पूर्वदेखि पश्चिमी क्षेत्रमा पर्या–पर्यटन प्रवद्र्धन गर्दै जीविकोपार्जनका लागि होमस्टे सञ्चालनमा ल्याइएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्र वरपर होमस्टे सञ्चालित छन् । होमस्टेको पर्यटकीय संस्कारसँगै पर्यटकलाई परम्परागत गीत–संगीत र नृत्य देखाएर मनोरञ्जन प्रदान गर्ने संस्कृति पनि फस्टाएको छ ।
आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ सौराहामा आयोजना गरिने अन्तर्राष्ट्रिय हात्ती महोत्सवले पर्यटन प्रवद्र्धनमा उल्लेख्य भूमिका खेलेको छ । हात्ती दौड, हात्तीका छावाहरुबीचको फुटबल खेल, गाडा दौड, टाङ्गा दौड, डुङ्गा दौड, हात्ती सौन्दर्य प्रतियोगिता, सांस्कृतिक कार्यक्रमलगायतले सौराहामा आउने पर्यटकहरुलाई भरपूर मनोरञ्जन दिने गर्दछ भने प्रेम दिवसको अवसर पारेर आयोजना गरिने खाना महोत्सवले पनि पर्यटक आगमनमा वृद्धि गरेको छ । संरक्षण अभियानमा स्थानीयको सहभागितालाई प्रभावकारी बनाउन चितवन राष्ट्रिय निकुञ्जले आफनो आम्दानीको ३० देखि ५० प्रतिशत रकम मध्यवर्ती क्षेत्रको विकासका लागि खर्च गर्दछ । यसैगरी मध्यवर्ती क्षेत्रमा निकुञ्जको सहयोगमा सामुदायिक विकास संरक्षण आयआर्जन, आयआर्जन तथा सीप विकास, संरक्षण शिक्षा कार्यक्रम, चेतनामूलक कार्यक्रमहरु स्थानीय समुदायमा सञ्चालन गरिएका छन् । चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु र मानिसबीच बेलाबखत हुने द्वन्द्व न्यूनीकरण र वन्यजन्तुले बालीनालीमा पु¥याउने क्षति रोकथामका लागि पनि स्थानीय समुदायलाई सघाएको छ । यसका लागि काँडे तारबार, सोलार फेन्स, पिसिसी मेसायर फेन्स, आरसिसी फेन्स, कोरल फेन्स, मचान, नदी सोझ्याउन बहाव परिवर्तन ९डाइभर्सन०लगायतका थुप्रै काम सम्पन्न गरेको छ । वन र वन्यजन्तुको संरक्षणमा बढेको सचेतनाले आफ्नो जीवनमा आमूल परिवर्तन आएपछि अहिले मध्यवर्ती क्षेत्रका बासिन्दाहरुलाई पनि संरक्षणमा लाग्न प्रेरित गर्दैछन् । चितवन राष्ट्रिय निकुञ्जले संरक्षण अभियानमा सक्दो काम गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जले नेतृत्व गरेको संरक्षण अभियानमा विश्ववन्यजन्तु कोषअन्तर्गतको तराई भूपरिधि कार्यक्रम, राष्ट्रिय प्रकृति संरक्षण कोष–जैविक विविधता संरक्षण केन्द्र, जेडएसएल, नेपालले पनि महŒवपूर्ण सहकार्य गरेका छन् । निकुञ्जको संरक्षण अभियान र अवधारणाहरुलाई सबै सरोकारवाला संघसंस्थाहरुले सहयोग पु¥याएका छन् । मध्यवर्ती क्षेत्रका स्थानीय समुदाय, जनप्रतिनिधि, संरक्षणकर्मी, नेपाली सेना, विभिन्न सरोकारवाला संस्थालगायतको प्रयासबाट गरिएको वन, वन्यजन्तु र जैविक विविधता संरक्षणकै कारण संसारभर बाघ पाइने राष्ट्रहरुमध्येको नेपालको चितवन राष्ट्रिय निकुञ्ज बाघको बासस्थानको लागि उत्कृष्ट स्थान रहेकोले बाघ संरक्षणको लागि क्याट ९ऋब्त्० मा सूचीकृत पहिलो राष्ट्रिय निकुञ्ज भएको छ भने संरक्षणको क्षेत्रमा पु¥याएको योगदानस्वरुप यो राष्ट्रिय निकुञ्ज विश्वका ५० उत्कृष्ट राष्ट्रिय निकुञ्जको १०औँ स्थानमा पर्नसमेत सफल भएको छ । यही असोज ४ गते चितवन राष्ट्रिय निकुञ्जले ५० वर्ष पूरा गरेको छ । यही अवसरमा निकुञ्जले भव्य कार्यक्रमको समेत आयोजना गरेको छ । यस राष्ट्रिय निकुञ्जले संरक्षणमा पु¥याएको योगदान र संरक्षण कार्यमा नयाँपुस्तालाई गरेको मार्गनिर्देश अति नै सराहनीय देखिन्छ । (लेखक आभाष टिभीका प्रबन्ध निर्देशक हुनुहुन्छ ।)