२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गर्मी बढेसँगै सक्रिय हुँदै लामखुट्टे, संक्रमणबाट बच्न सुझाव

प्रकाशित मिति : २०७९ चैत्र ८ गते

भरतपुर / चितवनमा गर्मी मौसम सुरू भइसकेको छ । गर्मी बढेसँगै लामखुट्टेको सक्रियता पनि थप बढेको छ । गर्मीसँगै सक्रिय हुँदै गएको लामखुट्टे मानवजगतका लागि संक्रामक रोगको मुख्य कारक पनि हो । त्यसैले स्वास्थ्य कार्यालय चितवनले लामखुट्टेको टोकाइबाट लाग्न सक्ने संक्रमणबाट बच्न सावधानी अपनाउन आग्रह गरेको छ । डेंगु र मलेरिया जस्ता संक्रामक रोगले वर्षौँदेखि प्रभाव जमाइरहेको हुँदा त्यसबाट जोगिन घरघरबाटै अभियान थाल्नुपर्ने कार्यालयले जनाएको छ ।
खडेरीका कारण सक्रिय हुन नपाएको फुल र लार्भा पनि पानी परेपछि तीव्ररूपमा सक्रिय हुने हुँदा सकभर लामखुट्टेको बासस्थान हटाउन हरेक वर्ष जनचेतनामूलक कार्यक्रम हुँदै आएको छ, जुन यस वर्ष पनि निरन्तर चल्ने कार्यालयले जनाएको छ । ‘पानी परेर जमेपछि लामो समयसम्म मौन रहने लार्भा पनि तत्काल सक्रिय हुन्छ,’ स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारीसमेत रहेका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले भने, ‘त्यसैले सकेसम्म घर वरिपरि कतै पनि पानी जम्न दिनु हुँदैन ।’
फूल रोप्ने गमलामा समेत पानी जम्ने गरी राख्न नहुने उनको सुझाव छ । ठूला पोखरी या तलाउ भन्दा पनि सामान्य तरिकाले जमेको पानीमा लामखुट्टेले फुल पार्ने गर्छ । ‘चाउचाउ, बिस्कुटका प्लास्टिक, सुकेका पात आदिमा जमेको थोरैथोरै सफा पानीमा लामखुट्टेले फुल पार्छ,’ उनले भने, ‘त्यसैले त्यस्ता फोहोर वस्तुको व्यवस्थापनमा स्थानीयस्तरमै ध्यान दिनुपर्छ ।’
यो संक्रमण गाउँलेभन्दा पनि बजारी परिवेशमा बढी सक्रिय हुने हुँदा यसलाई सहरी संक्रमण पनि भन्ने गरिन्छ । सहर बजारमा सवारीसाधनको चक्काहरूमा ढुक्कसँग लामखुट्टे बस्न सक्छ । त्यतिमात्र नभई बढ्दो सहरीकरणका कारण मानव बस्ती पनि बढी हुने हुँदा फोहोर बढी हुने र त्यसैबाट जोखिम फैलिने उनले बताए ।
आठ महिनामा दुई हजार बढीमा संक्रमण
अहिले डेंगुको संक्रमण फैलिइसकेको छैन । तर, चालू आर्थिक वर्षको आठ महिना सकिँदै गर्दा जिल्लामा दुई हजार २९४ जनाले डेंगु सङ्क्रमणको समस्या झेलिइसकेका छन् । कारण भदौ, असोज र कात्तिक महिनामा डेंगुको जोखिम तीव्र हुने गर्छ । सोही कारण चालू आर्थिक वर्षको हालसम्ममा यति धेरै तथ्यांक देखिएको हो । त्यसबाहेकका अन्य महिनामा तुलनात्मकरूपमा लामखुट्टे रहे पनि सक्रिय कम हुने स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक केसीले जानकारी गराए ।
विगत चार वर्षको तथ्यांक केलाउँदा चितवनमा सबैभन्दा बढी डेंगु संक्रमित आर्थिक वर्ष २०७६÷०७७ मा देखिएको थियो, जतिबेला चार हजार ८०३ जना संक्रमित भएका थिए । जोखिम बढी भएकै कारण सोवर्ष तीन जनाले ज्यानै गुमाउन पुगे । आर्थिक वर्ष २०७७÷०७८ मा २४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने २०७४÷०७५ मा ५९ जनामा सङ्क्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भएको थियो । २०७५÷०७६ मा भने जम्मा ३१ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
संक्रमणको जोखिम कम गराउनको लागि आजैबाट अभियान थाल्नुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसका लागि जिल्लाका सबै स्थानीय पालिकाको स्वास्थ्य शाखाले ध्यान दिनुपर्ने कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए । ‘आफ्नो लागि आफैँ पनि चनाखो हुनुपर्छ,’ उनले भने, ‘सरकारले गर्नुपर्छ भनेर आफूले वास्ता नगर्ने हो भने त्यसको क्षति आफैँलाई हुन सक्छ । त्यसैले हरेक नागरिक यो समस्याबाट बच्नको लागि आफैँ सजग हुनुको विकल्प छैन ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39