काठमाडौं / रामेछापको गोकुलगंगा गाउँपालिका–४ बेतालीमा एक वृद्धको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । स्थानीय ८४ वर्षीय सम्शेरबहादुर थापा मगरको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
हत्याको आरोपमा ४५ वर्षीया रामपियारी खड्का, ६२ वर्षीय मानबहादुर मगर, ५२ वर्षीय नेत्रबहादुर थापा मगर र ४५ वर्षीया अनिता भनिने मनोमाया थापा मगर पक्राउ परेका हु्न । उनीहरुलाई जिल्ला प्रहरी रामेछाप र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त टोलीले पक्राउ गरेको हो ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको र घटना प्रयोग भएको खुकुरीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, गत चैत्र १३ गते ७ः३० बजेको समयमा उनीहरुले ती वृद्धमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि मन्थली ल्याउँदै गर्दा अत्याधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको थियो ।
वृद्धको हत्या आरोपमा चार पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
