काठमाडौं / निर्वाचन आयोगले उपनिर्वाचनको नतिजा तीनदिन भित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बैशाख १० गते हुने उपनिर्वाचनको मतपरिणाम ३ दिनभित्र सार्वजनिक गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
भोलि (आइतबार) तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुँदैछ । उक्त निर्वाचनको सबै तयारीमा सघाउन जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीसँग समन्वय भइसकेको छ ।
‘हामी १३ गतेभित्र तिनै क्षेत्रको मतगणना सकेर नतिजा सार्वजनिक गर्छौं,’ थपलियाले भने, ‘१० गते बेलुका ८ बजेभित्र सबै ठाउँको मतपेटिका मतगणना स्थल पु¥याउछौं र ढिलोमा ९ बजेदेखि गणना सुरु गर्छौं ।’
चुनावमा खटिएका कर्मचारीलाई कुनै अप्रिय घटना हुन नदिनेगरी सचेत रहन निर्देशन दिइएको समेत उनले बताए । प्रहरीलाई ब्याकफोर्समा राखेर काम गर्ने भएकोले चुनाव शान्तिपूर्ण हुने उनको भनाई छ ।
‘हामीले राजमार्गमा चल्ने सवारी साधनलाई पनि चेक गरेर मात्र गन्तव्यमा पठाउँछौँ,’ निर्वाचन आयुक्त थपलियाले थपे, ‘मतदातालाई ढुक्क भएर मतदान गर्न कुनै समस्या पर्ने छैन ।
यसअघि निर्वाचनमा अन्तिम परिणाम आउन कम्तीमा ६ देखि ७ दिन लाग्ने गरेको थियो। उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउँदै थपलियाले नतिजा पनि ३ दिनभित्रै आइसक्ने दाबी गरे । त्यस्तै यो पटकको उपनिर्वाचन पुरानै मतपत्रबाट हुन लागेको हो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

उपनिर्वाचनको नतिजा तीन दिनभित्र

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.67
153.27

European Euro
1
177.03
177.72

UK Pound Sterling
1
207.00
207.81

Swiss Franc
1
188.55
189.29

Australian Dollar
1
108.78
109.20

Canadian Dollar
1
110.17
110.60

Singapore Dollar
1
119.64
120.11

Japanese Yen
10
9.59
9.63

Chinese Yuan
1
22.66
22.75

Saudi Arabian Riyal
1
40.66
40.82

Qatari Riyal
1
41.88
42.05

Thai Baht
1
4.63
4.64

UAE Dirham
1
41.57
41.73

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
10.81
10.85

Swedish Kroner
1
16.10
16.16

Danish Kroner
1
23.68
23.77

Hong Kong Dollar
1
19.46
19.54

Kuwaity Dinar
1
497.22
499.17

Bahrain Dinar
1
404.95
406.54

Omani Rial
1
396.53
398.09












