२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

उपनिर्वाचनको नतिजा तीन दिनभित्र

प्रकाशित मिति : २०८० बैशाख ९ गते
- ADVERTISEMENT -

काठमाडौं / निर्वाचन आयोगले उपनिर्वाचनको नतिजा तीनदिन भित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बैशाख १० गते हुने उपनिर्वाचनको मतपरिणाम ३ दिनभित्र सार्वजनिक गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
भोलि (आइतबार) तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुँदैछ । उक्त निर्वाचनको सबै तयारीमा सघाउन जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीसँग समन्वय भइसकेको छ ।
‘हामी १३ गतेभित्र तिनै क्षेत्रको मतगणना सकेर नतिजा सार्वजनिक गर्छौं,’ थपलियाले भने, ‘१० गते बेलुका ८ बजेभित्र सबै ठाउँको मतपेटिका मतगणना स्थल पु¥याउछौं र ढिलोमा ९ बजेदेखि गणना सुरु गर्छौं ।’
चुनावमा खटिएका कर्मचारीलाई कुनै अप्रिय घटना हुन नदिनेगरी सचेत रहन निर्देशन दिइएको समेत उनले बताए । प्रहरीलाई ब्याकफोर्समा राखेर काम गर्ने भएकोले चुनाव शान्तिपूर्ण हुने उनको भनाई छ ।
‘हामीले राजमार्गमा चल्ने सवारी साधनलाई पनि चेक गरेर मात्र गन्तव्यमा पठाउँछौँ,’ निर्वाचन आयुक्त थपलियाले थपे, ‘मतदातालाई ढुक्क भएर मतदान गर्न कुनै समस्या पर्ने छैन ।
यसअघि निर्वाचनमा अन्तिम परिणाम आउन कम्तीमा ६ देखि ७ दिन लाग्ने गरेको थियो। उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउँदै थपलियाले नतिजा पनि ३ दिनभित्रै आइसक्ने दाबी गरे । त्यस्तै यो पटकको उपनिर्वाचन पुरानै मतपत्रबाट हुन लागेको हो ।

- ADVERTISEMENT -