२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

मौलाकाली केबलकारको उद्घाटन प्रम दाहालले गर्ने

प्रकाशित मिति : २०८० बैशाख ११ गते
- ADVERTISEMENT -

काठमाडौं / नवलपुर जिल्लाको गैंडाकोट–१ को मौलाकाली केबलकारको वैशाख १८ गते औपचारीक रुपमा उद्घाटन गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
निर्माण सम्पन्न मौकाकालि केबलकार यही वैशाख १ गतेदेखि परीक्षण सञ्चालन भएको थियो । आईएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केबलकारको निर्माण गत वर्षदेखि सुरु गरिएको थियो । गैँडाकोट १ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डोला रहेका छन् ।
केबलकार मार्फत बटम स्टेसनबाट टप स्टेशनसम्प पुग्न करिब ५ मिनेटको समय लाग्छ । केबलकार सञ्चालनसँगै मौलाकालीको दर्शन तथा पुजाआजाका लागि जाने भक्तजनहरूका लागि सहज हुनेछ ।
केबलकारको माथिल्लो स्टेसनमा सुविधा सम्पन्न ६० रुमको होटेल, व्याङक्वेट हल र रेस्टुरेन्ट सञ्चालनमा रहने छन् । केबलकार सञ्चालन भए पनि होटेल सञ्चालनका लागि भने अझै केही महिना लाग्ने मौलाकाली केबलकार प्रालिले जनाएको छ ।
नवलपुर र चितवन जिल्लाको पर्यटकीय पूर्वाधारमा उल्लेख्य योगदान पुग्ने उक्त परियोजनामा दुई अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको बताइएको छ ।

- ADVERTISEMENT -