चितवन / कोभिड–१९ को महामारीका कारण नेपालमा सञ्चालनमा आएका धेरै उद्योग प्रभावित भएको तथ्याङ्कले देखाएको छ । कोभिड–१९ का कारण चार महिना गरिएको बन्दाबन्दीका क्रममा ६३ प्रतिशत उद्योग पूर्णरूपमा बन्द भएका छन् । यस अवधिमा २४ प्रतिशत उद्योग प्रतिष्ठान आंशिकरूपमा सञ्चालनमा रहेका र १३ प्रतिशत उद्योग पूर्णरूपमा सञ्चालनमा रहेका तथ्याङ्कले देखाएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालय र तथ्याङ्क कार्यालय चितवनले आज यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय औद्योगिक सर्वेक्षणको प्रदेशस्तरीय नतिजा सम्बन्धमा आयोजित अन्तक्र्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । सो समयमा १७ प्रतिशत कामदारले बिनासुविधा आफूले गरिरहेको काम छाड्नुपरेको छ भने ६० प्रतिशत कामदारले बिनातलब सुविधा अस्थायीरूपमा कामबाट अलग हुनुपरेको कार्यक्रममा जानकारी दिइयो ।
यस्तै ११ प्रतिशत कामदारको तलब सुविधा आंशिकरूपमा कटौती भएको र बाँकी १२ प्रतिशतले निर्धारित समयभन्दा ढिला पाएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक राजेश धितालले जानकारी दिनुभयो ।
अहिले देशभर ६० हजार एक सय ८५ उद्योग प्रतिष्ठान सञ्चालनमा छन् । त्यसमध्ये खानी तथा उत्खनन क्षेत्रमा तीन सय ५६, औद्योगिक उत्पादन क्षेत्रमा ५६ हजार छ सय ११, विद्युत्, ग्यास, वाफ तथा वातानुकूलित सेवा क्षेत्रमा नौ सय ९४, पानीको आपूर्ति, ढल निकास, फोहर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापका क्षेत्रमा दुई हजार दुई सय २४ उद्योग प्रतिष्ठान रहेका छन् । नेपालमा सञ्चालनमा रहेका उद्योगमा ठूला उद्योग पाँच हजार १७, साना उद्योग ५१ हजार पाँच सय ९४ रहेको कार्यक्रममा जानकारी दिइयो ।
जनशक्तिका आधारमा उद्योगलाई वर्गीकरण गरिएको धितालले बताउनुभयो । नेपालमा सञ्चालनमा रहेका उद्योगमा तीन लाख ८१ हजार छ सय ८७ जनाले प्रत्यक्ष रोजगार पाएका छन् । यी उद्योगमा तलब र ज्यालामा गरी रु एक खर्ब सात अर्ब ८९ करोड खर्च गर्ने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
नेपालका उद्योग प्रतिष्ठानले गरेको उत्पादन ३९ दशमलव नौ प्रतिशत पूर्णरूपमा उपयोग गरेका छन् । यस्तै १८ दशमलव सात प्रतिशले ७५ देखि ९९ प्रतिशत, २९ दशमलव एक प्रतिशतले ५० देखि ७४ प्रतिशत, १० दशमलव तीन प्रतिशतले २५ देखि ४९ प्रतिशत उपभोग गर्ने गरेको सो अवसरमा जानकारी दिइयो । दुई प्रतिशतले २५ प्रतिशतभन्दा कम उपभोग गर्ने गरेका छन् ।
साना उत्पादनशील उद्योगमा ऋणको अवस्था खासै नरहेको पाइएको छ । साठी प्रतिशत उद्योगले ऋण नलिएको, ऋण लिने प्रक्रियामा रहेका पाँच प्रतिशत, ऋणको प्रतिबद्धता प्राप्त गरेका एक प्रतिशत र ऋण लिनेको संख्या ३४ प्रतिशत रहेको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, राष्ट्रिय तथ्याङ्क कार्यालयका सहसचिव डिल्लीराज जोशी, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, उद्योग सङ्घ चितवनका उपाध्यक्ष युवराज ओस्ति, राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक विनोदशरण आचार्य, तथ्याङ्क कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीलगायतले सो विषयमा बोल्नुभएको थियो ।
- ADVERTISEMENT -

६३ प्रतिशत उद्योग बन्द : तथ्यांक

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.13
152.73

European Euro
1
175.61
176.30

UK Pound Sterling
1
203.62
204.42

Swiss Franc
1
190.45
191.20

Australian Dollar
1
106.55
106.97

Canadian Dollar
1
109.21
109.64

Singapore Dollar
1
118.11
118.57

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.44
22.53

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.73
41.89

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.42
41.58

Malaysian Ringgit
1
37.38
37.53

South Korean Won
100
9.98
10.02

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.13
497.09

Bahrain Dinar
1
403.45
405.04

Omani Rial
1
395.12
396.68













