मकवानपुर / चालु आर्थिक वर्षको नौ महिनामा एक हजार दुई सय ९७ मुद्दा फैसला गरेको छ । मकवानपुर जिल्ला अदालतबाट देवानी मुद्दा (सम्पत्ति नातासँग सम्बन्धित), सम्बन्धबिच्छेद, चेक अनादर, अंश, लागुऔषध, जबरजस्ती करणी, सवारी ज्यानलगायत मुद्दा सो अवधिमा फैसला भएको जनाइएको हो ।
अदालतले गत वर्षमा दायित्व सरेर आएका एक हजार दुई सय २० मुद्दा र नयाँ एक हजार पाँच सय आठ मुद्दा दर्ता भई कूल दई हजार सात सय २८ मुद्दा रहेकामा त्यीमध्ये ४७ प्रतिशत मुद्दा फैसला भएको अदालतको एक तथ्याङ्कले जनाएको छ । श्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार अदालतले सरल मार्ग, सामान्य मार्ग, विशेष मार्ग र अन्य गरी चार भागमा प्रकृतिअनुसार मुद्दा विभाजन गरीे फैसला गरिएको छ ।
सरल मार्गअन्तर्गत छ महिनासम्म रहेका मुद्दा, सामान्य मार्गमा एक वर्षसम्म रहेका मुद्दा, विशेष मार्गमा १८ महिनासम्म रहेका मुद्दा पर्छ भने अन्यमा फैसला हुन १८ महिनाभन्दा बढी समय लाग्ने मुद्दा पर्छ । अदालतमा रहेका एक हजार दुई सय ९७ मुद्दामध्ये सरल मार्गका तीन सय ३४ मुद्दा फैसला भएको छ । सामान्य मार्गका पाँच सय ६५ मुद्दा, विशेष मार्गका दुई सय २४ मुद्दा र अन्य एक सय ७४ मुद्दा फैसला भएको हो ।
साथै सरल मार्गका छ सय ६२ मुद्दा, सामान्य मार्गका चार सय ८२ मुद्दा, विशेष मार्गका एक सय ९० मुद्दा र अन्य ९५ मुद्दा फैसला हुन बाँकी रहेको उहाँले जानकरी दिनुभयो । गत सोमबार एकै दिन चार न्यायाधीशबाट १५ वटा मुद्दा फैसला भएको बताइएको छ । त्यसदिन ५६ वटा मुद्दाको पेशी भएकोमा २७ वटामा आदेश जारी भएको र १२ वटा मुद्दा स्थगित गरिएको थियो ।
- ADVERTISEMENT -

विभिन्न मुद्दाका नौ महिनामा करिव १३ सय मुद्दा फैसला

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.92
153.52

European Euro
1
176.43
177.12

UK Pound Sterling
1
204.35
205.16

Swiss Franc
1
191.32
192.07

Australian Dollar
1
106.97
107.39

Canadian Dollar
1
109.41
109.84

Singapore Dollar
1
118.71
119.18

Japanese Yen
10
9.53
9.56

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.74
40.90

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.64
41.80

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.04
16.10

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
497.71
499.66

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.17
398.73













