चितवन / नेपालका परिचित पोल्ट्री व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणका आरोपी दुई जनालाई पक्राउ पूर्जी जारी भएको छ । परिवारले किटानी जाहेरी दर्ता गराएसँगै जिल्ला प्रहरी कार्यालय चितवनले चितवन जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक रामेश्वर कार्कीका अनुसार जाहेरीमा दिईएका नामका व्यक्तिहरुका लागि पक्राउ पूर्जी जारी गरिसकिएको हो । परिवारका तर्फबाट कडेंलले आत्महत्या गर्नुको कारण कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदिप रुङ्टा र कडेंलकै कम्पनीमा कार्यरत लेखा प्रमुख जीवन रावल बिरुद्ध किट्टानी जाहेरी परेको हो ।
जाहेरी परेसंगै पक्राउ पूर्जी जारी गरि देशभर प्रहरीका युनिटहरुसंग समन्वय गरिएको कार्कीले बताए । उद्योग वाणिज्य संघ चितवन र उद्योग संघ चिवतन लगायतका नीजि क्षेत्रको ज्ञापन पत्र बुझ्दै उनले भने “हामीले पक्राउ पूर्जी जारी गरि सकेका छौ । अपराध महाशाखा, सिआईबि लगाएतको टोलीलाई समेत खवर गरेर देशभरका प्रहरी युनिटहरुसंग समन्वय गरेका छौ ।”
आरोपी भनिएका व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउने उनले बताए । परिवारले आत्महत्या दुरुत्साहनमा उजुरी दर्ता गराएका थिए ।
ज्ञापनपत्र बुझाउँदै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले सरकारका विभिन्न निकायमा दर्ता गरी जस्तोसुकै विषम परिस्थितिमा पनि संयमित भई राज्यलाई कर तिर्दै राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउंदै आएको निजी क्षेत्रलाई सरकारको तर्फबाट कुनै किसिमको सहयोग नहुनु दुर्भाग्यपूर्ण रहेको बताए ।
यसको परिणाम कडेंलले मृत्युको शिकार बन्नु परेको भन्दै यस्ता घटना रोक्नका लागि समेत दोशिलाई पक्राउ गरि कारबाही गर्न उनले माग गरे ।
दोषीलाई कारवाही नहुने हो भने अन्य कयौं व्यवसायीहरुले आत्महत्या गर्न बाध्य हुने भन्दै संघले तत्काल पक्राउ गर्न दवाव स्वरुप आन्दोलनका कार्यक्रमहरु समेत संञ्चालन गर्ने जनाएको छ । निजी क्षेत्रको अगुवाईमा बिहिबारदेखि शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरु गर्ने समेत जनाईएको छ ।
आन्दोलनको कार्यक्रम अन्तर्गत बिहिबार जिल्ला प्रहरी कार्यालय चितवन अगाडि ११ः३० वजे धर्ना दिने बिहिबारसम्म पनि दोषी पक्राउ नभए थप आन्दोलनका कार्यक्रमहरु सञ्चालन गर्ने उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कडेंलले जानकारी दिए ।
मृतक शंकर कडेंल मंगलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृत अवस्थामा भेटिएका थिए । केही महिना अघि कडेंलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रा.ली.को शेयर रुङ्टालाई बेचेका थिए ।
शेयर बिक्रिपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र रावलले मानसिक दवाव दिएको उनको सुसाईट नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको कार्कीले जानकारी दिए । कडेंल जिल्लाका लोकप्रिय पात्र थिए । ५२ वर्षिय कडेंल भरतपुर महानगरपालिका वडा नम्बर ८ निवासी हुन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

पोल्ट्री व्यवसायी कँडेलका आरोपी विरुद्ध पक्राउ पूर्जी जारी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.24
152.84

European Euro
1
175.62
176.32

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.37
188.11

Australian Dollar
1
107.55
107.97

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.56
9.60

Chinese Yuan
1
22.58
22.67

Saudi Arabian Riyal
1
40.55
40.71

Qatari Riyal
1
41.76
41.92

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.45
41.62

Malaysian Ringgit
1
37.26
37.41

South Korean Won
100
10.75
10.80

Swedish Kroner
1
15.96
16.02

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.40
19.48

Kuwaity Dinar
1
495.49
497.45

Bahrain Dinar
1
403.79
405.38

Omani Rial
1
395.41
396.97













