काठमाडौं / नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सको विमान ग्राउन्डेड गरेको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार श्री एयरलाइन्सको ९एन–एएनई विमानमा अगाडिको ल्यान्डिङ गेयरमा समस्या देखिएपछि विमान ग्राउन्डेड गरिएको हो ।
उक्त विमानमा गत शनिबार र आज सोमबार सोही समस्या दोहोरिए हो । सोमबार बिहान भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको उक्त जहाजको ल्यान्डिङ गेयरमा समस्या आएपछि २० मिनेटपछि भैरहवामै फर्काएर ल्यान्ड गरिएको थियो ।
ल्यान्डिङ गियरमा देखिएको समस्याले रनवेमै जहाज अड्किंदा झण्डै ५० मिनेट विमानस्थल अवरुद्ध भएको थियो । विमानस्थलको रनवे खाली नभएपछि काठमाडौंबाट गएको यतीको हवाइजहाजलाई काठमाडौं नै फर्काउनु परेको थियो ।
प्राधिकरणका अनुसार, शनिबार धनगढी विमानस्थलमा पनि श्री एयरलाइन्सको उक्त जहाजमा यही समस्या देखिएको थियो ।
- ADVERTISEMENT -

‘९एन एएनई’ जहाजको ल्याण्डिङ गेयरमा समस्यापछि ग्राउन्डेड
May 9, 2023

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
