काठमाडौं / नेपालीलाई भुटानी शरणार्थी वनाएर अमेरिका पठाउने गिरोहले प्रधानमन्त्री समेतको नाम लिएको छ । वुधवार पक्राउ परेका पुर्वगृहमन्त्री बालकृष्ण खाँडलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराउने क्रममा विचौलियाले प्रधानमन्त्रीको नाम लिएका हुन् ।
खाणले आफुले कसैलाई ठगी नगरेको र निर्दोश रहेको अडान लिएपछि प्रहरीले मंगलवार पक्राउ गरेका बिचौलिया रामशरण केसी र गोविन्द चौधरीलाई बोलाएको थियो । ‘तिमीहरुले पैसा कसलाई दियौ ?’ भनेर प्रहरीले प्रश्न गरेपछि उनीहरुले ‘हामीले जसलाई पैसा दिएका थियौं, उनीहरुले मन्त्रीलाई, गृहमन्त्रीलाई, प्रधानमन्त्रीलाई बुझाउनुपर्छ भनेका थिए’ भन्दै जवाफ दिएका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको संसद् विघटनलाई सर्वोच्च अदालतले अवैध ठहर गर्दै ०७८ वैशाख २८ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको थियो । सोही सरकारमा खाँड गृहमन्त्री बनेका थिए ।
ठगी गर्ने गिरोहले गृहमन्त्रालयमै गएर मन्त्री खाँणलाई पैसा वुझाएको वताएका छन् भने ६ करोड रुपैयाँ उनको घरमा गएर खाँणकी पत्नि मञ्जुलाई वुझाएको दावी गरेका छन् ।
म्याद थपका लागि अदालत लानुअघि सरकारी वकिलको कार्यालयमा लगिएका खाँणले ‘कोही पनि मान्छे अमेरिका नगएकाले ठगी भएको भन्नै नमिल्ने’ तर्क पनि गरेका थिए । ‘जब कोही पनि विदेश नै गएका छैनन् भने कसरी ठगेको हुन्छ ?’ भन्दै उनले प्रश्न गरेको प्रहरी स्रोतले जनाएको छ ।
खाँणलाई जिल्ला अदालत काठमाडौंले ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट स्वकीय सचिव नरेन्द्र केसीसहित पक्राउ गरेको हो ।
आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री खाँणको समेत नाम लिएका थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

नक्कली भुटानी शरणार्थी प्रकरण : विचौलीयाले पोले प्रमको नाम

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.27
175.96

UK Pound Sterling
1
204.36
205.16

Swiss Franc
1
187.59
188.33

Australian Dollar
1
107.04
107.46

Canadian Dollar
1
108.45
108.88

Singapore Dollar
1
118.67
119.14

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.50
40.66

Qatari Riyal
1
41.72
41.89

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.40
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.74
10.78

Swedish Kroner
1
16.02
16.09

Danish Kroner
1
23.45
23.54

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45













