२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा ‘भुँमरी’ र ‘नुन तेल’ एकैसाथ विमोचन

प्रकाशित मिति : २०८० बैशाख ३१ गते

चितवन / चित्तौन कचेहेरीमा दुई अभियान्ताका कृति एकसाथ विमोचन गरिएको छ । नारायणी कला मन्दिरको मञ्चमा चलिरहेको चित्तौन कचेहेरीमा अभियन्ता केपीकिरण शर्मा र डा जीवन क्षेत्रीका कृति विमोचन गरिएको हो ।
चेपाङ संरक्षणका अभियन्ता शर्माको ‘भुमरी’ चेपाङ समुदायको शैक्षिक व्यक्तिद्वय विश्वास चेपाङ र सुनिमाया चेपाङमार्फत विमोचन गरिएको हो । करिब डेढ दशकदेखि चेपाङ जातिको शैक्षिक भविष्य खोज्दै हिँडेका शर्माले आफ्ना अनुभवलाई संस्मरणको रुपमा कृति प्रकाशन गरेका हुन् ।
उनी रोजगारीको सिलसिलामा भारत र दुवै गएर आएपछि चेपाङ समुदायको संरक्षणमा लागेका व्यक्ति हुन् । रत्ननगर निवासी उनी हाल गामबेशी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष रहेका छन् । त्यहाँ १ सय ५० जना चेपाङका बालबालिका आवासिय सुविधा सहित बसेर पढ्दै आएका छन् ।
सामाजिक अभियन्ता डा क्षेत्रीको कृति ‘नुन–तेल, विगत र पदयात्रा’ लेखकका बुबा बलबहादुुर र आमा लक्ष्मीमार्फत सार्वजनिक गरिएको हो । नुन तेल पुस्तकमा पृथ्वीको उत्पति, जलवायू संकट र भावि सन्ततिप्रतिको चिन्ताका विषयमा उठान गरिएको छ ।
क्षेत्रीले हजुर, बुवा र छोरा पुस्तालाई आधार बनाएर पुस्तक लेखिएको समालोचक उदय अधिकारीले बताए । मानव विकासका लागि यस पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । डा. क्षेत्री चिकित्सा क्षेत्रको सुधारमा लागेका व्यक्ति हुन् ।
चिकित्सक समेत रहेका उनी स्वतन्त्र लेखक हुन् । उनको यो पहिलो कृति गैरआख्यान हो । यी दुवै कृति विमोचनको सहजकर्ता पत्रकार राजेश घिमिरेले गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45