मकवानपुर / हेटौंडाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् । जिल्लाको हेटौंडा–३ र हेटौंडा–४ मा आज (सोमबार) बिहान भएको दुर्घटनामा परेर पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
कार्यालयका अनुसार बिहान साढे १ बजेको समयमा हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बीआर ०१ एफ ०५९५३ नम्वरको ईन्डियन माटरसाइकल पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा–३ मा दुर्घटना हुँदा दुई जना पुरुष गम्भीर घाइते भएका हुन् ।
घाइते हुनेहरुमा मोटरसाइकल चालक भारत बिहार मोतिहारी बस्ने वर्ष ३० को बिशाल कुमार सिंह र मोटरसाइकलमा सवारी सोही ठाउँ बस्ने वर्ष ५० को श्याम देब ठाकुर रहेका छन् । घाइते दुबै जनाको अवस्था गम्भीर रहेको र उनीहरुको हेटौंडा–११, थानाभर्याङस्थि चुरेहिल अस्पतालमा उपचार भइरहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
यस्तै, आजै बिहान हेटौंडा–४, बुद्धचोक नजिकै कान्तिलोकपथ सडकखण्डमा चौघडाबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३–०३००१ प ६५६० नम्वरको मोटरसाइकल आफै अनियन्त्रत भई सोही स्थानमा ना.४ ख ७४७२ न.को ट्रक रोकी समान झार्दै गरेको कामदार हेटौंडा–४ बस्ने ४३ वर्षीय कान्छालाल जिम्बालाई ठक्कर दिँदा घाइते भएका छन् ।
यस्तै, सोही दुर्घटनामा परेर मोटरसाइकल चालक मकवानपुरको हेटौंडा–६, न्युरेनी बस्ने वर्ष ३९ को सफल अधिकारी र धरान घर भई हाल हेटौंडा–५, सानोपोखरा डेरा गरी बस्ने वर्ष २८ की भावना मगर पनि घाइते भएको प्रहरी निरीक्षक कार्कीले बताए ।
उनका अनुसार, दुर्घटनामा परेर घाइते भएका उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेका छन् । प्रहरीले दुबै घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच घाइते, दुईको अवस्था गम्भीर

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.74
176.43

UK Pound Sterling
1
205.13
205.94

Swiss Franc
1
188.16
188.90

Australian Dollar
1
107.46
107.89

Canadian Dollar
1
109.06
109.49

Singapore Dollar
1
118.93
119.40

Japanese Yen
10
9.63
9.67

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.49
40.65

Qatari Riyal
1
41.74
41.90

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.39
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.80
10.84

Swedish Kroner
1
16.05
16.11

Danish Kroner
1
23.51
23.60

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45














