२०८३ श्रावण २५, सोमबार
August 10, 2026
२०८३ श्रावण २५, सोमबार
August 10, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मातृभाषाबाट टाढिँदै तामाङ समुदाय

प्रकाशित मिति : २०८० जेष्ठ १७ गते

चितवनमै पहिलो पटक ‘भाषा प्रशिक्षण’ हुँदै
–राजेश रुम्बा तामाङ
भरतपुर । आफ्नै लिपि भएको तामाङ जातिका पछिल्लो पुस्ता यतिखेर भाषाविहीन अवस्थामा आइपुगेको छ । बढ्दो शहरीकरण र बसाइसराइका कारण अधिकांश तामाङ आफ्नै भाषाबाट बञ्चित छन् । पुरानै थाकथलोमा रहेका तामाङहरूले बोल्ने गरे पनि पुख्र्यौली ठाउँ छाडेका अधिकांशले भाषा बिर्सिइसकेका छन् । नेपालको सरकारी कामकाजमा मातृभाषाको प्रयोग नहुनुले पनि बिस्तारै भाषा हराउँदै गएको तामाङ अगुवाहरू बताउँछन् ।
चितवनकै कुरा गर्ने हो भने पनि पहाडी क्षेत्र जहाँ पहिल्यैदेखि तामाङ जातिको बसोबास गर्दै आएका छन्, त्यसबाहेक सहरी क्षेत्रमा बसोबास गर्ने तामाङहरूमा बूढाबूढीबाहेकले भाषा बोल्न जान्दैनन् । आफ्नै घरमा पनि बोल्न छाडेपछि आफ्नै भाषा पनि पुस्तान्तरण हुन सकेको छैन, जसले गर्दा भाषा नै लोप हुने अवस्थामा आइपुगेको छ । मातृभाषामाथि अन्य भाषाले प्रभाव जमाउँदा तामाङ भाषा हराउन थालेको छ ।
यही क्रम बढ्दै गएमा अबको केही वर्षभित्रै तामाङ भाषा हराउन सक्ने जोखिम बढेपछि चितवनमै पहिलो पटक तामाङ पत्रकार संघले निःशुल्क ‘भाषा प्रशिक्षण’ सञ्चालन गर्ने तयारी थालेको छ । जिल्लामा अहिलेसम्म तामाङ जातिसँग सम्बन्धित कुनै पनि संघसंस्थाले चासो नदिँदा भइरहेको भाषा पनि विरानो हुन थालेपछि संघले नै एक हप्ते कक्षा सञ्चालन गर्न लागेको संघका अध्यक्ष बबिलाल तामाङले जानकारी दिए ।
‘वैदेशिक रोजगारको प्रभावले पनि नयाँ पुस्तामा भाषा संरक्षणको चेत कमजोर बन्दै गएको छ,’ उनी भन्छन्, ‘त्यसैले हाम्रो लागि तामाङ भाषाको प्रशिक्षण टड्कारो आवश्यकता बन्यो ।’ जेठ २७ गतेबाट असार १ गतेसम्म हुने भाषा प्रशिक्षणमा जिल्लामा रहेका धेरैभन्दा धेरैलाई सहभागी गराउने लक्ष्य लिइएको उनले बताए । संघको जेठ १३ गते सम्पन्न बैठकबाट भरतपुरमै भाषा प्रशिक्षण गर्ने निर्णय गरिएको हो ।
संघले तामाङ समुदायमा भाषा तथा संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले तालिम गर्न लागेको हो । तालिममा भरतपुर आसपासका तामाङहरूलाई भने धेरैभन्दा उपस्थिति भइदिन आग्रह गरिएको छ । एक हप्तासम्म अधिवक्ता अजयकुमार तामाङले प्रशिक्षण दिनेछन् । भरतपुर महानगरभित्रका सबै वडाबाट सहभागी गराउने लक्ष्य लिइएको तालिममा कम्तिमा पनि ६० जनाको सहभागी रहने अपेक्षा गरिएको छ ।
विसं २०७० सालमा स्थापना भएको संघले जिल्लाका विभिन्न सञ्चारमाध्यममा आवद्ध तामाङ सञ्चाकर्मीहरूलाई समाहित गर्दै विभिन्न गतिविधिमा सक्रिय हुँदै आएको छ ।
संघीय समितिको तथ्यांकानुसार देशभर करिब चार सय तामाङ पत्रकार तथा सञ्चारकर्मी संघमा आवद्ध छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.74
176.43
UK Pound Sterling
1
205.13
205.94
Swiss Franc
1
188.16
188.90
Australian Dollar
1
107.46
107.89
Canadian Dollar
1
109.06
109.49
Singapore Dollar
1
118.93
119.40
Japanese Yen
10
9.63
9.67
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.49
40.65
Qatari Riyal
1
41.74
41.90
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.39
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.80
10.84
Swedish Kroner
1
16.05
16.11
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45