चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले युवा संघ नेपालको जिल्ला भेला सम्पन्न गरेको छ । भरतपुरस्थित नेकपा एसको पार्टी कार्यालयमा सोमबार सम्पन्न भेलाले सुजन लामाको नेतृत्वमा ४१ सदस्यीय नयाँ कमिटी गठन गरेको हो ।
यसैगरी भेलाबाट उपाध्यक्षमा सुन्दर कट्टेल, सचिवमा विवेक चापागाईं, सह–सचिवमा सुशील भट्टराई र कोषाध्यक्षमा चन्द्रु पौडेल चयन भएका छन् ।

भेलामा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य हरि पराजुली प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि पराजुलीले नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिँदै पार्टीलाई सुदृढ र बलियो पार्ने काममा युवाको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा नेकपा एस जिल्ला इन्चार्ज कृष्ण शर्मा खनाल, जिल्ला अध्यक्ष अरुण पीडित भण्डारी, सचिव कुलप्रसाद लामिछाने, सहसचिव तथा मोर्चा फाँट प्रमुख नरेन्द्र कन्दवा, युवा संघ सहइन्चार्ज गंगालाल लामा, युवा संघ नेपाल केन्द्रीय स्थायी कमिटी सदस्य शम्शेर लामालगायतको उपस्थिति रहेको थियो ।
जिल्ला भेला संजिव लामिछानेको अध्यक्षतामा भएको थियो ।
- ADVERTISEMENT -



















































