चितवन / चितवनको रत्ननगरबाट साढे ३३ तोला सुनसहित २ लाख ५० हजार रुपैंया नगद चोरी भएको छ । मंगलबार दिउसो १२ः४५ बजेको समयमा रत्ननगर नगरपालिका १२ का ५३ वर्षीय गोपाल ओझाको घरबाट सुन र नगद चोरी भएको हो ।
चोर घरको पछाडि पट्टीको ढोका फोरेर भित्र पसेको प्रहरीले जनाएको छ । घरको तलो तलको कोठामा रहेको दराज फोरेर नगद र गरगहना चोरी भएको वडाध्यक्ष सुन्दरमणि सुवेदीले जानकारी दिए ।
घटनापश्चात टोली खटिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवनमा पछिल्लो समय चोरीका घटना बढेका छन् ।
३३ तोला बढी सुनसहित साढे २ लाख रुपैयाँ चोरी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
