काठमाडौं / श्री एयरलाइन्सका सबै उडान स्थगित हुने भएका छन् । श्री एअरलाइन्स प्रालिले आज (आइतवार) का लागि पुर्व निर्धारित सबै उडानहरु स्थगित गरेर विमान परिक्षण गर्ने भएको हो ।
एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिवार जारी गरेको प्रेस नोट अनुसार आइतबारका सबै उडान स्थगित गरिएको छ । आइतवार दिनभर कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको उनले बताए ।
सोमबारदेखि भने सबै उडान नियमित रुपमा सञ्चालन हुनेछन् । शनिबार काठमाडौंबाट धनगढीका लागि दिउँसो ३ः३० बजे उडेको विमानमा प्राविधिक समस्या आएर पुनः काठमाडौं नै फिर्ता गरी अबतरण गराईएको थियो । सो घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय लिएको श्री एअरलाइन्सले जनाएको छ ।
श्री एअरलाइन्सका आज सबै उडान बन्द

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
