२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगरमा साढे तीन हजार परिवारको स्वास्थ्य बीमा

प्रकाशित मिति : २०८० असार २२ गते

चितवन / पूर्वी चितवनको रत्ननगर नगरपालिकाले यस आर्थिक वर्षमा तीन हजार पाँच सय परिवारको स्वास्थ्य बीमा गरेको छ । एक परिवारलाई रु तीन हजार पाँच सयका दरले बीमा गरेको हो । नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाका अनुसार यसबाट रु १७ हजार पाँच सयजना प्रत्यक्ष्य लाभान्वित भएका छन् । उहाँले भन्नुभयो, “एउटा परिवारको पाँच जनालाई बीमाले समेट्छ ।” बीमाका लागि नगरपालिकाले रु एक करोड २२ लाख ५० हजार बजेट विनियोजन गरी बीमा गराएको थियो ।
नगरपालिकाले विपन्न परिवारको बीमा गराएको हो । वडा कार्यालयले विपन्न भएकाको तथ्याङ्क लिएर प्रमाणित गरेकालाई बीमा गराइएको हो । यस कार्यक्रमलाई अझ व्यवस्थित बनाएर नागरिकको साझेदारीमा आउँदो वर्ष निरन्तरता दिने उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाले बीमा नसमेटिएका विपन्नलाई लक्षित गरी रु ३० लाखको छुट्टै विपन्न कोषसमेत बनाएको छ । रत्ननगरस्थित बकुलहर अस्पतालमा उपचार गराउन आउने बिरामीका लागि सो कोषबाट सहयोग गर्ने गरिएको छ । रु. १० हजारसम्म कोषबाट सोझै उपचार गरिदिने व्यवस्था छ । उहाँले भन्नुभयो, “रु १० हजारभन्दा बढी खर्च हुने अवस्थामा कार्यपालिका बैठकले निर्णय गरेर विपन्नको हामीले उपचार गर्दै आएका छौँ ।”
नगरभित्रका नागरिकले आर्थिक अभावमा उपचार सेवाबाट वञ्चित हुन नपरोस् भन्नेमा नगरपालिका सजग रहेको उहाँले बताउनुभयो । आफ्नो तलब भत्तासमेत विपन्नहरुको सेवामा खर्च गर्दै आउनुभएका प्रमुख सापकोटाले आउँदो वर्ष प्राविधिक विषय पढ्ने १० विद्यार्थीलाई ५० प्रतिशत खर्चसमेत व्यहोर्न लागिएको बताउनुभयो । उहाँका अनुसार नर्सिङ, एचए लगायतको शिक्षा लिन चाहेर पनि आर्थिक अभावमा अवसर नपाएका सरकारी विद्यालय अध्ययन गरेका जेहेन्दार विद्यार्थीलाई यो कार्यक्रममा समावेश गरिँदै छ ।
नगरपालिकाले अतिविपन्न, अपाङ्गता, दीर्घरोगी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई परिवारको अवस्था हेरी साझेदारीमा स्वास्थ्य बीमाको नयाँ दर्ता तथा नवीकरणको व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्षबाट यो कार्यक्रम लागू गर्न लागिएको हो । असी वर्ष र सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरघरमा स्वास्थ्यकर्मी पठाइ मधुमेह, उच्च रक्तचाप जस्ता रोगको परीक्षण गर्दै आएको छ । आगामी वर्षबाट ६८ वर्षमाथिका ज्येष्ठ नागरिक तथा अपाङ्गलाई लक्षित गरी कम्तीमा वर्षमा दुई पटक घरमै पुगेर स्वास्थ्य परीक्षण गरिने भएको छ

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39