चितवन / नेपालमै सर्वाधिक बिक्री हुने बजाज कम्पनीको बहुप्रतिक्षित मोटरसाइकल चितवनमा लन्च गरिएको छ । नारायणगढको सहिदचोकस्थित प्रिमियर अटो ट्रेडर्सले (शुक्रबार) एक कार्यक्रमकाबीच १६० एफआई एबिएस युएसडी र २०० सिसीको एफआई एबिएस बिएस सिक्स अपग्रेडेड र अपडेटेड एनएस सिरिजका दुई मोडलको बाइकको बिक्री प्रारम्भ गरिएको हो ।
यससँगै शोरुममा यी दुबै मोडलका बाइकहरुको बुकिङ पनि खुला गरिएको छ । यी बाइकमा चालकको सुरक्षालाई प्राथमिकतामा राख्दै बजाजले डुअल च्यानल एबीएस प्रणाली जडान गरिएको छ । जसले ब्रेकमा राम्रो नियन्त्रण राख्न मद्त मिल्छ र दुर्घटना कम गर्न पनि सहयोग गर्छ ।
एनएस १६० मा १६० सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन छ । यसले अधिकतम १७ पीएस पावर र १४।६ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ ।
त्यस्तै, एनएस २०० मा १९९।५ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । यसले अधिकतम २४।५ पीएस पावर र १८।७४ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीडको गियर बक्स जडान गरिएको छ । दुबै मोटरसाइकलमा गियर पोजिसन इन्डिकेटर, डबल च्यानल एबीएस र नयाँ अलोय ह्वील राखिएको छ ।
पल्सर एनएस १६० को मूल्य ३ लाख ८४ हजार र एनएस २०० को मूल्य ४ लाख २४ हजार ९०० रुपैयाँ कायम गरेको छ । नगद र फाइनान्सको पनि सुविधा रहेको शोरुमका मार्केटिङ प्रमुख प्रकाश वाग्लेले जानकारी दिए ।
यी सिरिजका बाइकले नेपालीहरुको मन जित्ने विश्वास रहेको वाग्लेको भनाइ छ । शोरुममा यी नयाँ सिरिजका साथै अन्य सबै मोडलका बाइकहरु उपलब्ध रहेको पनि उनले बताए । शोरुमको सर्भिस सेन्टर भने शहिदचोक नारायणगढस्थित पुरानै ठाउँमा रहेको छ । उनका अनुसार भरतपुरको विरेन्द्र क्याम्पस गेट अगाडि मुख्य शोरुम सञ्चालनको तयारी पनि भइरहेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

नयाँ मोडेलको बाइक एनएस १६० र २०० बिक्री सुरु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.27
175.96

UK Pound Sterling
1
204.36
205.16

Swiss Franc
1
187.59
188.33

Australian Dollar
1
107.04
107.46

Canadian Dollar
1
108.45
108.88

Singapore Dollar
1
118.67
119.14

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.50
40.66

Qatari Riyal
1
41.72
41.89

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.40
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.74
10.78

Swedish Kroner
1
16.02
16.09

Danish Kroner
1
23.45
23.54

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45














