काठमाडौं / नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक च्यासल, ललितपुरस्थित पार्टीको मुख्य कार्यालयमा आज (शनिबार) बस्ने भएको हो ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने सो बैठकमा समसामयिक राजनीतिक विकासक्रमका बारेमा छलफल गर्ने तथा आन्तरिक संगठन निमार्णका बारेमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
सचिवालय बैठक बस्न अघि गत बुधबार अध्यक्ष ओलीले पार्टीका उपाध्यक्षसँग सामूहिक रूपमा छलफल गरेका थिए । उपाध्यक्षहरूसँग पार्टीको गतिविधि तथा भइरहेका काम कारबाहीको बारेमा छलफल गरेपछि आज सचिवालय बैठक आह्वान गरिएको हो ।
बैठकले सांगठानिक संरचना, केन्द्रीय नेताहरूको कार्यबिभाजन तथा अन्य विषयमा छलफल गर्नेछ ।
- ADVERTISEMENT -

नेकपा एमाले बैठक बस्दै आज
July 15, 2023

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
