ड्यालस (टेक्सस) / अमेरिका टेक्ससको युलेस सिटीमा निर्माणाधिन पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तुपाको बाँकी चरणका कामहरु सम्पन्न गर्न दाताहरुले ६ लाख डलरको प्रतिवद्धता गरेका छन् ।
शनिबार साँझ आयोजना गरिएको कार्यक्रममा ड्यालस फोर्टवर्थमा बस्ने र स्टेट बाहिरका नेपालीमुलका ५१ परिवारले उक्त रकमको प्रतिवद्धता गरेका हुन् । सबैभन्दा ठूलो रकम फोर्टवर्थका शैलेन्द्र मानन्धर र विकल ढकालको परिवारले एक एक लाख डलरको गरेका छन् । यस अघि नै ५० हजार डलरभन्दा बढी रकम मन्दिरलाई लिएर संरक्षक (प्याट्रोन) भैसकेका मानन्धर र ढकाल परिवारले सहयोग रकम थपेर एकलाख पुर्याउने घोषणा गरेका हुन् ।
एकलाख डलर सहयोग गर्नेलाई मन्दिरले ‘वाल अफ अनर’ ले सम्मान गर्ने चलन छ । यस अघिनै दुई वर्ष अघि कृष्णप्रसाद पन्तले एकलाख डलर सहयोगको घोषणा गरेका छन् । पन्तले ५० हजार डलर प्रदान गरिसकेका छन् । बाँकी थप ५० हजार दिने प्रकृयामा छन् ।
एक एक लाख डलर सहयोग पुर्याउने घोषणा गरेका मानन्धर र ढकाल टेक्ससमा असाध्यै सफल व्यबसायीको परिचय बनाएका व्यक्तिहरु हुन् । मानन्धरको होलसेल व्यापार, ग्याँस स्टेशनमा ठूलो लगानी छ भने ढकालको होटल, होलसेल व्यापार, ग्याँस स्टेशन, ग्रोसरी स्टोर र रेष्टुँरामा ठूलो लगानी छ । पछिल्लो समयमा ढकाल कन्स्ट्रक्सन व्यबसायमा पनि संलग्न छन् ।
युलेसको विशाल जग्गामा अहिले पशुपतिनाथ मन्दिर तथा बुद्ध स्तुपा निर्माणको पहिलो चरणको काम सम्पन्न भएको छ । पहिलो चरण अन्तरगत सामुदायिक भवन र मन्दिरको अस्थायी संरचना निर्माण भएको छ । दोस्रो चरणमा पशुपतिनाथकै आकार, प्रकारको मन्दिर र बौद्ध स्तुपाको निर्माण हुनेछन् । यो योजना निर्माणको चरणमा प्रवेश भएको छ ।
शनिबार सहयोग रकम थपेर चार परिवारले संरक्षक (प्याट्रोन) बन्ने प्रतिवद्धता जनाएका छन् । मन्दिर बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष डा. प्रेम अधिकारी, मन्दिरको कार्यकारी समितिकी अध्यक्ष सीता सापकोटा, कबी मैनाली र भुवन आचार्यले सहयोग बढाएर कम्तिमा ५० हजार दिने घोषणा गरेका छन् ।
शनिबार २८ परिवार नयाँ फाउण्डिंग मेम्बर थपिएका छन् । मन्दिरलाई तीनहजार ५ सय डलर सहयोग गर्नेलाई फाउण्डिंग मेम्बरले सम्मान गर्ने गरिएको छ । त्यस्तै तीन परिवारले अनररी बोर्ड अफ ट्रष्टी, १० जनाले ट्रष्टी, दुई परिवार अनररी फाउण्डिंग मेम्बर थपिएका छन् ।
शनिबारको कार्यक्रममा मन्दिरको विगत, वर्तमान र भविष्यका योजनाका बारेमा संस्थापक डा. मुरली अधिकारी, वर्तमान बोर्ड अफ ट्रष्टी उपाध्यक्ष डा. प्रेम अधिकारीले चर्चा गरेका थिए ।
अहिलेसम्म मन्दिरलाई ५० हजार भन्दा बढी सहयोग गरेर १५ परिवार प्याट्रोन, ७० परिवार अनररी ट्रष्टी, ५५ परिवार ट्रष्टी, ४ सय ५० परिवारले फाउण्डिंग मेम्बरशीप लिइसकेका छन् ।
उपाध्यक्ष डा. अधिकारीले ड्यालस फोर्टवर्थका हरेक नेपाली परिवारलाई मन्दिर निर्माणको योजनामा सहभागी हुँदै सहयोग गर्न र सदस्यता लिन आव्हान गरेका छन् । भव्य पशुपतिनाथ मन्दिर र बौद्ध स्तुपाका लागि ४० लाख डलर बजेट लाग्ने अनुमान गरिएको छ । ‘यहाँ बस्ने हरेक नेपाली परिवारको सहयोग बिना यो योजना पुरा हुन सक्दैन, तसर्थ सबैलाई यो अभियानमा जोडिन र साथ दिन आव्हान गर्दछु’ डा. अधिकारीले भने ।
अर्भिंगमा रहेको मन्दिर विगत तीन महिना अघि युलेसमा सरेपछि मन्दिरमा दैनिक भक्तजनहरुको आगमन व्यापक बढेको र यसले पार्किंगलट प्रयाप्त नदेखिएपछि अहिले तुरुन्तै विस्तारमा लागेको छ । अहिले सप्ताहन्तमा दुई दिन शनिबार र आइतबार दैनिक औसत चारसय जना मन्दिरमा आइरहेका छन् ।
मन्दिरको अवस्था र भावी योजनाका बारेमा समुदायलाई जानकारी गराउने यस्तो खालको कार्यक्रम आगामी दिनमा पनि निरन्तर रहने जनाइएको छ । हरेक परिवारमा पुगेर सहयोग, सदस्य बनिदिनका लागि आव्हान गर्ने योजनामा मन्दिर रहेको छ ।
शनिबारको कार्यक्रममा सन् २००७ मा मन्दिको अवधारणा सुरु भएदेखिका उतार चढावका बारेमा डा. मुरली अधिकारीले प्रष्ट पार्दै मन्दिरले धार्मिक केन्द्र मात्र नभएर समुदायलाई जोड्ने, शिक्षा, स्वास्थको केन्द्र हुने लक्ष्य बोकेको प्रष्ट पारे । कार्यक्रममा मन्दिर बिओटीका उपाध्यक्ष भुवन आचार्य, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, मन्दिरकी अध्यक्ष सीता सापकोटा, हिन्दु धर्ममा दानको महत्वका बारेमा डा. शेखर पण्डित र मेघराज निरौला लगायतले चर्चा गरेका थिए । (हिमालयखबरबाट)
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

मन्दिर र बौद्ध स्तुपा निर्माणका लागि ६ लाख डलर दिने घोषणा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.41
153.01

European Euro
1
175.80
176.50

UK Pound Sterling
1
205.65
206.46

Swiss Franc
1
187.62
188.35

Australian Dollar
1
107.56
107.98

Canadian Dollar
1
109.33
109.76

Singapore Dollar
1
119.06
119.53

Japanese Yen
10
9.56
9.60

Chinese Yuan
1
22.60
22.69

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.29
37.44

South Korean Won
100
10.72
10.76

Swedish Kroner
1
15.95
16.01

Danish Kroner
1
23.52
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.05
498.00

Bahrain Dinar
1
404.24
405.84

Omani Rial
1
395.85
397.41














