२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025
२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025 Thursday

माडीमा बाघको आक्रमणबाट तीन घाइते

प्रकाशित मिति : २०८० श्रावण ३ गते
File photo.
- ADVERTISEMENT -

चितवन / माडी नगरपालिका वडा नं. ३ मा बाघको आक्रमणबाट तीन जना घाइते भएका छन् । घाइते हुनेमा माडी नगरपालिका–३ बैराठ निवासी ४१ वर्षीय मोहन सहनी, ४२ वर्षीय उमेश सहनी र ५५ वर्षीय रामनाथ माझी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवन प्रहरी प्रमुख रामेश्वर कार्कीका अनुसार निकुञ्जबाट निस्किएको बाघले स्थानीयको खोरमा पालिएको बाख्रा खान थालेपछि धपाउन जाँदा उनीहरूलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट घाइतेहरूको बघौडा अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर ल्याइँदै गरिएको कार्यालयले जनाएको छ ।

- ADVERTISEMENT -