–बबिलाल तामाङ
भरतपुर । चितवन प्रहरीले आर्थिक वर्ष २०७९/०८० मा नियन्त्रणमा लिएका फरार प्रतिवादीहरूबाट जरिवानास्वरूप एक करोड ३० लाख ६७ हजार १३३ रूपैयाँ असुल उपर गरेको जनाएको छ । एक वर्षको समयावधिमा फरार रहेका ४७५ जना प्रतिवादीलाई नियन्त्रणमा लिँदा जरिवानाबापतको उक्त रकम असुल उपर गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
आर्थिक वर्ष २०८०/०८१ सुरू हुँदै गर्दा अघिल्लो आर्थिक वर्षको कार्यप्रगति सार्वजनिक गर्दै चितवन प्रहरीले एक वर्षमा ४७५ जनालाई नियन्त्रण लिन सफल भएको बताएको हो । अदालतबाट फैसला भएर पनि सजाय भोग्नुपर्नेमा फरार रहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर कानुनी कठघरामा उभ्याउन सफल भएको प्रहरी प्रवक्ता पण्डितले बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनले विगत २५ वर्षदेखि फरार रहेका प्रतिवादीलाई समेत नियन्त्रणमा लिन सफल भएको छ । २०५५ सालको जेठ ६ गते चितवन जिल्ला अदालतबाट भएको फैसलाले जबरजस्ती करणीमा तीन वर्ष ११ महिना ६ दिन सजाय पाएका राप्ती–८ का रामचरणप्रसाद गौतमलाई लुकीछिपी मजदुरी गर्दै आएको अवस्थामा गत असार २८ गते पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. ८ बाट पक्राउ गरेको हो । उनीमाथि गाउँकै एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो ।
गौतमजस्तै विभिन्न मितिमा फैसला भएर पनि कानुनबाट भागिरहेका व्यक्तिहरूको खोजी तथा नियन्त्रण कार्य जारी राखेको प्रहरीले जनाएको छ । ‘विभिन्न मितिमा सम्मानित अदालतबाट भएका फैसलाको कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका कार्यालयबाट परिचालित प्रहरीले ठूलो संख्यामा रहेका फरार प्रतिवादीलाई पक्रन सफल भएको हो,’ उनले भने, ‘पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि सम्मानित चितवन जिल्ला अदालतमा उपस्थित गराइसकेका छौँ ।’
पक्राउ परेका प्रतिवादीको कूल कैद समय जोड्दा ८० वर्ष १० महिना सात दिन हुन आउने उनले बताए । अदालतबाट फैसला भएर दोषी ठहरिएर पनि फरार रहेका व्यक्तिहरूको खोजीलाई चितवन प्रहरीले निरन्तरता दिँदै आएको उनले बताए । ‘अदालतको फैसलापछि पनि लुकेर बसेका अपराधीहरूको खोजीमा चितवन प्रहरी सधैँ तत्पर छ,’ प्रहरी प्रवक्ता पण्डितले भने ।
चितवनमा ४७५ फरार प्रतिवादीबाट करिब डेढ करोड रकम असुली
July 19, 2023

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
