२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

सञ्चारसचिव राउतलाई थुनामुक्त गर्न आदेश

प्रकाशित मिति : २०८० श्रावण ६ गते
- ADVERTISEMENT -

काठमाडौं / सर्वोच्च अदालतले सञ्चारसचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
‘‘.निजलाई थुनामा नराख्ने हो भने प्रस्तुत मुद्दाको अनुसन्धान नै प्रभावकारी हुन नसक्ने सम्मको अवस्था इजलास समक्ष पेस हुन आएको अनुसन्धानसम्बन्धी सक्कल मिसिलबाट देखिन नआएकोले यी निवेदकलाई थुनामै राखी अनुसन्धान गर्नु पर्नेसम्मको आधार, कारण र औचित्य देखिएन’, आदेशमा भनिएको छ ।
साथै अदालतले राउतलाई मुद्दा हेर्ने अदालतको आदेश बिना अनुसन्धान कार्य सम्पन्न नभएसम्म नेपाल बाहिर जान भने रोक लगाएको छ ।
ललिता निवास प्रकरणमा पक्राउ परेपछि राउतका तर्फबाट उषा राउतले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

- ADVERTISEMENT -