चितवन / इच्छाकामना गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष रुद्रप्रसाद उप्रेतीले ६१ विपन्न घर परिवारको स्वाथ्य बिमा गरिदिएका छन् । वडाअध्यक्ष उप्रेतीले जनप्रतिनिधि भए वापत एक वर्षको पाउने सेवासुविधाबाट शुक्रबार ६१ विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिएका हुन् ।
जसअनुसार ३ सय ५ जना स्वास्थ्य विमाबाट लाभान्वित भएका छन् भने अन्य छुट १० विपन्न घर परिवारको स्वास्थ्य विमा गराइने बताइएको छ । उनले चुनावमा गरेको प्रतिबद्धता अनुसार एक कार्यक्रमको आयोजना गरी उक्त विपन्न परिवारको स्वाथ्य बिमा गरिदिएका हुन् ।
उनले चुनावको बेलामा वडाध्यक्ष जितेमा घरघरमा वृद्ध भत्ता वितरण, सार्वजनिक सम्पत्तिको संरक्षण र जनप्रतिनिधि भएवापत पाउने सबै पारिश्रमिकले विपन्न परिवारको स्वास्थ्य बिमा गर्छु भनी वाचा गरेका थिए ।
उनले २०७९ जेठ देखि २०८० असारसम्म जनप्रतिनिधि भए पश्चात प्राप्त गरेको २ लाख १३ हजार ५ सय रुपैयाँले विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिएका हुन् । वडाध्यक्ष उप्रेतीले बिमा वापतको शुल्क रकम स्वास्थ्य बिमा बोर्डका प्रतिनिधि विन्दु गुरुङलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
उनले स्थानीय विपन्न परिवारको स्वास्थ्य बिमा गर्नुको कारण बारे बताउदै सधै बिरामी भयो भन्दै सहयोग माग्न आईरहने नागरिकको समस्यालाई समाधान गर्नकै लागि आफुले स्वास्थ्य बिमालाई नै प्राथमिकता दिएको बताए । ‘अब स्वास्थ्य बिमाकै कारण १ लाख रुपैयाँसम्मको उपचार सहयोग उनीहरुले पाउनेछन् ।’ –उनले भने ।
स्वास्थ्य बिमा कार्यक्रममा चितवन क्षेत्र नं. २ प्रदेश सभा ‘क’ का बागमती प्रदेश सभा सदस्य माननीय कृष्णप्रसाद पोखरेल प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी विशिष्ट अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रममा इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषाल, वडाध्यक्षहरु नर बहादुर नेपाल र लक्ष्मण चेपाङ लगाएतको उपस्थिति रहेको थियो ।
यस्तै स्वास्थ्य बिमा कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोन्धन गर्दै चितवन क्षेत्र नं. २ प्रदेश सभा ‘क’ का बागमती प्रदेश सभा सदस्य माननीय कृष्णप्रसाद पोखरेलले वडाध्यक्ष उप्रेतीले सह्रानीय काम गरेको बताए । राम्रो मान्छेले निर्वाचन जितेर जनप्रतिनिधि बने जनताको पक्षमा काम गर्ने बताउदै त्यसको उदाहरण वडाध्यक्ष उप्रेती रहेको बताए ।
उल्लेख्य रुपमा स्थानीयहरु उपस्थिति रहेको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले वडाध्यक्ष उप्रेतीको खुलेर प्रशंसा गरेका थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

६१ विपन्न घर परिवारको स्वास्थ्य बिमा, १० परिवार थपिने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.72
145.32

European Euro
1
171.61
172.32

UK Pound Sterling
1
196.96
197.77

Swiss Franc
1
188.03
188.81

Australian Dollar
1
102.06
102.48

Canadian Dollar
1
106.26
106.70

Singapore Dollar
1
114.49
114.96

Japanese Yen
10
9.43
9.47

Chinese Yuan
1
20.95
21.03

Saudi Arabian Riyal
1
38.59
38.75

Qatari Riyal
1
39.71
39.87

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
39.40
39.56

Malaysian Ringgit
1
37.04
37.19

South Korean Won
100
10.00
10.04

Swedish Kroner
1
16.16
16.23

Danish Kroner
1
22.97
23.07

Hong Kong Dollar
1
18.51
18.59

Kuwaity Dinar
1
474.26
476.22

Bahrain Dinar
1
383.85
385.44

Omani Rial
1
375.92
377.48












