मस्को / रुसको साइबेरिया क्षेत्रमा बिहीबार रुसी हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
एमआई– ८ हेलिकप्टर दक्षिणी साइबेरियामा अवतरण गर्ने क्रममा आगो लागेको र बिजुलीको लाइनमा ठोक्किएको रसियाको आपतकालीन मन्त्रालयको अल्ताई शाखाले जनाएको छ ।
उक्त जहाजमा १२ जना यात्रु र तीन जना चालक दलका सदस्य रहेको बताइएको छ । तर, आपतकालीन अवस्था मन्त्रालयले जहाजमा जम्मा १३ जना यात्रु रहेको जनाएको छ ।
सो हेलिकप्टर निजी कम्पनीको थियो र पर्यटक बोकेको जनाइएको छ । एजेन्सी
साइबेरियामा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु
July 28, 2023

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
