२०८२ चैत्र २, सोमबार
March 16, 2026
२०८२ चैत्र २, सोमबार
March 16, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

स्वास्थ्यकर्मीको अभाव हुँदा अनमी र हेल्थ असिस्टेन्ट नै कामचलाउ डाक्टर

प्रकाशित मिति : २०८० श्रावण १२ गते
- ADVERTISEMENT -

हेटौंडा / मकवानपुरको भीमफेदीस्थित भीमफेदी कारागारमा १ हजार ७४ कैदीबन्दी छन् । उनीहरू बिरामी परिरन्छन् । अझै यो समस्या जाडोमा भन्दा गर्मीमा बढी हुन्छ । तर, उनीहरूले समयमा उपचार पाउँदैनन् । स्वास्थ्यमा समस्या आएर परीक्षण वा उपचार गर्नुपरे ३० किलोमिटर टाढा सदरमुकाम लगेर उपचार गराउनुपर्ने बाध्यता छ । तर, यसको विकल्पमा दुई कैदीबन्दीबाटै कारागारभित्र सामान्य उपचार र स्वास्थ्य परीक्षण गराइन्छ । ‘कामचलाउ’ डाक्टर चयन गरिएको छ ।
स्वास्थ्यकर्मीको अभाव हुँदा कारागारमा सजाय भोग गरिरहेका दुई जना बन्दीले नै अन्य कैदीबन्दीहरूको स्वास्थ्य चेकजाँच गर्ने गरेका छन् । उनीहरू हुन्, कसिन्द्र यादव र नवराज पाण्डे । दुई जना बन्दीमध्ये यादव अनमी र पाण्डे हेल्थ असिस्टेन्ट हुन् । उनीहरू विभिन्न मुद्दामा कारागार चलान भएका थिए । त्यसैले यहाँ पनि उनीहरूको योग्यतालाई प्रयोग गरिएको कारागार प्रमुख तीर्थराज पौडेल बताउँछन् ।
करिब १९ रापनी क्षेत्रफलमा फैलिएको कारागारमा ३ वटा ब्लक छन् । तीमध्ये दुई वटा ब्लकमा पुरुष र एउटामा महिला कैन्दीबन्दी राखिएको छ । कारागारमा आवश्यक स्वस्थ्यकर्मी नहुँदा नेपाल स्वास्थ्य समाज संस्थाको सहयोगमा रविना तामाङलाई त्यहाँको स्वास्थ्य हेर्ने जिम्मेवारी दिइएको छ । ‘कारागारमा रहेका दुई कैदीले अन्य कैदीबन्दीको स्वास्थ्य जाँच गरिरहेका हुन् । कारागारमा दुई जना स्वास्थ्यकर्मीको दरबन्दी भए पनि हालसम्म पदपूर्ति हुन सकेको छैन,’ प्रमुख पौडेलले भने, ‘कारागारभित्रको आन्तरिक प्रशासनमा खानेपानी, सरसफाइ, भान्सालगायतका विभाग छन्, जसमध्ये स्वास्थ्यको जिम्मेवारीमा उहाँहरूले काम गरिरहनु भएको छ ।’
कारागार गृह मन्त्रालयअन्तर्गत पर्ने तर, स्वास्थ्यकर्मी स्वास्थ मन्त्रालयले पठाउनुपर्ने भएकाले स्वास्थ्यकर्मीहरूको रोजाइमा कारागार नपर्दा पनि दरबन्दी खाली रहेको प्रमुख पौडेलको भनाइ छ । धेरैपटक सम्बन्धित मन्त्रालय र विभिन्न सरकारी विभागहरूमा समस्या समाधानको निम्ति पत्राचार भए पनि कर्मचारीको पदपूर्ति हुन नसकेको पौडेलले गुनासो पोखे । ‘अहिले लोकसेवा आयोगमा माग फार्म भरेर कर्मचारीको पदपूर्तिका लागि पठाएका छौं । केही समयमा त्यसको समाधान हुने अपेक्षा छ’, उनले भने ।
कारागारको क्षेत्रफल ठूलो र राम्रो हावापानी भए पनि कारागारभित्रबाट निस्कने ढल व्यवस्थापन हुन सकेका छैन । कारागारबाट निस्कने फोहोर सीधै खोलामा जाने गरेको छ । गत वर्ष प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले कारागारको अनुगमन गरेका थिए । त्यसलगत्तै कारागारबाट निस्कने फोहोरलाई व्यवस्थापन गर्न बैकल्पिक ऊर्जा (बायो ग्यास) प्लान्ट स्थापनाका लागि प्रदेश सरकारले यसपटक ३० लाख विनियोजन गरेको कारागारका प्रमुख पौडेलले बताए ।
यहाँको मुख्य समस्या फोहोर व्यवस्थापन, यातायात र स्वास्थ्य सेवा छ । कारागारभित्रको आन्तरिक व्यवस्थापन र सुरक्षामा पनि बेला–बेला समस्या आउने गरेको छ । भीमफेदी कारागारको क्षमता १५ सय जना रहेको छ । हाल कारागारमा रहेका १ हजार ७४ जनामध्ये करिब तीन सय जना लागुऔषध मुद्दा, जबरजस्ती करणी मुद्दाका करिब १ सय, कर्तव्य ज्यान मुद्दाका एक सय र बैंकिङ कसुर, बन, बहुविवाहलगायतको अन्य कसुरका कैदीबन्दीहरू छन् । तीमध्ये महिला कैदीबन्दी २९ जना छन् । यो समाचार अन्नपूर्ण पोष्टमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04