April 30, 2025

चितवनमा पूर्व जनप्रतिनिधिहरुको तदर्थ समिति गठन

August 1, 2023
- ADVERTISEMENT -

चितवन / भरतपुर महानगरपालिकाभित्रका पूर्व जनप्रतिनिधिहरुको भेलाले तदर्थ समिति गठन गरेको छ । महानगरपालिकाका निवर्तमान प्रवक्ता तथा वडा नम्वर १० का पूर्व वडाध्यक्ष अरुणपिडित भण्डारीको संयोजकत्वमा सोमबार ११ सदस्यीय तदर्थ समिति समिति गठन गरिएको हो ।
समितिको सह–संयोजकमा चन्द्रमित्र पण्डित, सचिवमा पदमपाणी सुवेदी, कोषाध्यक्षमा विजय भुजेल, सहसचिवमा पवित्रा केसी र सदस्यहरुमा नरिनारायण पौडेल, नरेन्द्रकुमार कन्दङवा, दामोदर न्यौपाने, कान्छा मल्ल, चक्र रुचाल र धनकुमारी विक रहनुभएका छन् ।
भेलाले छिट्टै नै प्रकृया पुर्याएर मञ्चलाई कानून सम्बत बनाई लैजाने साथै समग्र महानगरपालिकाभित्र विकास निर्माणमा सहयोग गर्ने निर्णय गरेको छ । देशभरिका स्थानीय तहमा समेत लागू हुने गरी कार्य थालिने बताइएको छ ।

- ADVERTISEMENT -