तनहुँ / तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एक जनाले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको व्यास नगरपालिका वडा नम्वर ५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले आफ्नै ४७ वर्षीया गीता आलेको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उक्त घटना गए (मंगलबार) राति ११ बजेतिरको हो । श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घरायसी विवादका कारण उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भएपनि पुष्टि भइनसकेको प्रहरीले जनाएको छ ।
श्रीप्रसादलाई प्रहरीले गएराति नै नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
- ADVERTISEMENT -

गोली हानी आफ्नै श्रीमतीको हत्या गर्ने पक्राउ
August 2, 2023

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
