April 26, 2025

प्रतिबन्धित औषधी बोकेको ट्रकसहित एक पक्राउ

August 4, 2023
- ADVERTISEMENT -

मकवानपुर / पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटे चेकपोष्टबाट प्रतिबन्धित औषधी, कपडा र ट्रकसहित बिहीबार राति एक जना पक्राउ परेका छन् ।
हेटौंडा औद्योगिक क्षेत्रस्थित सशस्त्र प्रहरी बल १४ नम्बर गणले १४ लाख ४७ हजार बराबरको अवैध कपडा, ७ काटुन (१ लाख ३१ हजार ७ सय ६० ट्यावलेट) प्रतिबन्धित औषधी ट्रामाडोल, म्याद सकिएको मल्टी भिटामिन र ट्रकसहित एक जनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ट्रक चालक काभ्रे देउपुर नगरपालिकाका–९, मन्डनका ५० वर्षीय ज्ञानेन्द्र कुमार सापकोटा रहेको सशस्त्र प्रहरी बल मकवानपुर १४ नम्बर गणका प्रहरी उपरीक्षक (एसपी) अनिल कार्कीले जानकारी दिए ।
उनका अनुसार, गएराति वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २६५६ नम्बरको मालबाहक कन्टेनर ट्रक रोकी चेकजाँच गर्दा उक्त परिमाणको अवैध प्रतिबन्धित औषधी बरामद भएपनि निजलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाइएको छ ।

- ADVERTISEMENT -