April 20, 2025

मिटरब्याजीसम्बन्धी ६६ वटा उजुरी

August 4, 2023
- ADVERTISEMENT -

मकवानपुर / मिटरब्याजीसम्बन्धी ६६ वटा उजुरी दर्ता भएका छन् । जिल्लामा सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग गठन गर्नुपूर्व २८ वटा लिखित निवेदन र आयोग गठनपछि ३८ वटा उजुरी गरी ६६ वटा उजुरी दर्ता भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार, यो संख्या आर्थिक लेनदेन तथा जग्गा धितोबन्धक गरी गरिएको कारोबारसँग सम्बन्धितको हो ।
जिल्लामा हालसम्म दर्ता भएका उजुरीमध्ये ३२ वटाको मेलमिलाप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए । पीडित, ऋण दिने साहु, स्थानीय सरकारका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सहयोगमा मेलमिलापको प्रयास हुने गरेको उनले बताए ।

- ADVERTISEMENT -